
सुर्खेत । राउटे मुखिया सुर्य नारायण शाहीको निधन भएको छ । ४९ वर्षको उमेरमा उहाँको निधन भएको हो ।
राउटे समुदाय हाल बराहताल गाउँपालिका–८ सोतखोलामा बस्दै आएका छन् । गए राति ९ बजेतिर उहाँको निधन भएको राउटे समुदायसँग काम गर्दै आएको सोसेक नेपालका शिक्षक लालबहादुर खत्रीले जानकारी दिनुभयो ।
राउटे समुदायका तीन जना मुखिया हुन्छन् । राउटे समुदायमा तीन गोत्र छन् । तीन गोत्र मध्ये उहाँ कल्याल गोत्रबाट मुखिया भएको हुनु हो । सूर्यनारायण २०७२ जेठमा मुखिया बन्नुभएको थियो ।
राउटे समुदाय अहिले दुई ठाउँमा छुट्टिएर बस्दै आएका छन् । उहाँ एउटा समूहको नेतृत्व गर्दै बराहताल गाउँपालिका–८ सुर्खेतको सोतखोलामा बस्दै आउनुभएको थियो । भने अर्को समूह दुई मुखियासहित वीरेन्द्रनगर–१३ को करेखोलामा बस्दै आएको छ । अब राउटेको संख्या घटेर १३५ पुगेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच