
कैलाली । सुदूरपश्चिमको कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सम्हाल्नु हुने भएको छ ।
आजबाट भारत भ्रमणमा जानुभएकाे मुख्यमन्त्री कमलबहादुर शाहले आफू भारतमा रहँदासम्मका लागि कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी थापालाई दिनुभएको हो ।
भारत सरकारको आमन्त्रणमा मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली आज भारत प्रस्थान गर्दै छन् । टोलीले एक हप्तासम्म दिल्ली, देहरादुन र लखनऊमा बिताउने बताइएको छ ।
भ्रमणको क्रममा मुख्यमन्त्री शाहले दिल्लीमा सङ्घीय मन्त्रीहरू, उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच