
काठमाडौं । भारत सरकारको निमन्त्रणामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर साह मंगलवार औपचारिक भ्रमणमा जानुभएको छ ।
भ्रमणमा जानुअघि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री शाहले भ्रमणका क्रममा सुदूरपश्चिमसँग सीमा जोडिएका जिल्लाहरुमा संस्कृति, पर्यटन, व्यापारलगायतका विषयमा छलफल हुने भएपनि कुनै सम्झौता नहुने स्पष्ट पार्नुभयो । उहाँले सुदूरपश्चिम सरकारले आगामी असोजमा गर्न लागेको लगानी सम्मेलनका विषयमा भने छलफल हुने जानकारी दिनुभयो । उहाँले कश्मिरमा भएको आतंककारी हमलाको निन्दा गर्दै कुनैपनि किसिमको आतंककारी गतिविधि नेपाललाई स्वीकार्य नहुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘भर्खरै भारतमा भएको आतंककारी घटनाप्रति दुःख व्यक्त गर्न चाहन्छु । र कुनैपनि किसिमको आतंककारी गतिविधिमा विशेष गरी नेपाल, नेपाली सरकार, नेपाली जनता त्यो कुरा स्वीकार्न तयार छैन । यो सन्दर्भमा समग्र विश्व र भारत सरकारपनि यो दिशामा अगाडी बढेको महशुस गरेको छु । म मृतकहरुप्रति श्रद्धासुमन पनि व्यक्त गर्न चाहन्छु । र यस्ता घटनाहरु नहुनका लागि सबै सचेत हुनु जरुरी छ, सबै एकतावद्ध भएर अघि बढ्नु जरुरी छ । संघीय संरचना निर्माणपछि भारत सरकारले आमन्त्रण गरेको छ त्यसप्रति आभार व्यक्त गर्न चाहन्छु ।’
मुख्यमन्त्री शाहले नेपाल र भारतबीच घनिष्ट सम्बन्धका साथै ऐतिहासिक, धार्मिक र भौगोलिक सांस्कृतिक रुपमा पनि जोडिएकाले धेरै कुरा आदान प्रदानमा भ्रमण उपलब्धीमुलक हुने बताउनु भयो । प्रदेश सरकारलाई सम्झौता गर्ने अधिकार नरहेकाले भारत सरकारसँग कुनै सम्झौता नहुने पनि जानकारी गराउनु भयो । उहाँले भ्रमणका क्रममा स्थानीय सरकारबीचको सम्बन्ध सुधार हुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘प्रदेश सरकारलाई कुनैपनि आधिकारिक सम्झौता गर्ने अधिकार नभएको र भारत सरकारले नै तय गरेका कार्यक्रमहरुमा सहभागिता हुनेछ । व्यक्तिगत रुपमा आपूmपनि हिन्दु नै भएकोले यसमा धेरै कुराहरु जोड्नु आवश्यक छैन । उत्तराखण्ड र युपीसँग भौगोलिक रुपमा जोडिएकाले विशेष गर पर्यटन, कृषि विकासलगायतमा भारत सरकारको सहयोग छ अब यो भ्रमणले प्रदेश सरकार गरी स्थानीयबीच सम्बन्ध सुदृढ हुनेछ । सँगै भारतसँग लिन सकिने र आफूहरुले दिन सकिने विषयमा छलफल हुनेछ ।’
भ्रमणका क्रममा राजनीतिक भेटवार्ता नहुने तर सरकार—सरकारबीच विभिन्न विषयमा छलफल हुने जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच