भोजपुर । भोजपुरको प्रतिष्ठित आठौं अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत मंगलवार भएको खेलमा भगवती स्पोर्टस क्लब खोटाङले नवोबुद्ध फुटबल क्लब सप्तरीलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।
भगवती स्पोर्टस क्लव खोटाङका लागि जर्सी नम्वर ९ का आकाश राई र जर्सी नम्बर ९९ का मोहमद सनीले एक एक गोल गर्दै टिमलाई सेमीफाइनल चरणमा प्रवेश गराएका हुन् । नवोबुद्ध फुटवल क्लव सप्तरीका लागि भने जर्सी नम्वर १० का युसुफ मल्लिकले एक मात्र गोल गरे । खेलको म्यान अफ द म्याच नवोबुद्धका गोलकर्ता सनी बने ।
बुधवारको अन्तिम खेल गत बर्षको बिजेता चर्च ब्वाइज युनाइटेड काठमाण्डौ र एलएक्स सिटि मोरङका बीचमा हुने आयोजक भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष प्रबिण सुवालले जानकारी दिनुभयो । योसँगै सेमीफाइनलको खेल सुरु हुने छ ।
करिव ४९ लाखको लागतमा भोजपुर नगरपालिका वडा नम्वर ७ मा रहेको रंगशालामा बैशाख १४ गतेदेखि २० गतेसम्म संचालन हुने प्रतियोगितामा छिमेकी भारतको जर्जियन फुटवल क्लव, आयोजक भोजपुर जिल्ला फुटवल संघ, सलहेश फुटवल क्लव सिरहा, सशस्त्र प्रहरी बल नेपाल, भगवती स्पोर्टस क्लव खोटाङ, नवोबुद्ध फुटवल क्लव सप्तरी, चर्च ब्वाइज युनाइटेड काठमाण्डौ र एलएक्स सिटि मोरङ गरी आठ टिमले सहभागिता जनाएका छन ।
जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक बर्ष जिल्ला सदरमुकाममा संचालन हुदै आएको प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधी सहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने छन । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएकोे आयोजक भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष प्रविण सुवालले जानकारी दिनुभयो । प्रतियोगिताका लागि भोजपुर नगरपालिकाले ३० लाख सहयोग गरेको छ ।
गत बर्ष संचालन भएको सातौं संस्करणमा चर्च व्वाइज युनाइटेड, काठमाण्डौले त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटमा ४–२ गोलले पराजित गर्दै बिजेता बनेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच