
अर्घाखाँची । सुपा देउराली मन्दिर दर्शनका लागि गएका एक युवक सन्धिखर्कमा मृत अवस्थामा फेला परेका छन्।
सन्धिखर्क नगरपालिका–७ स्थित सुपा देउराली मन्दिर नजिकै रहेको झोलुङ्गे पुल छेउमा कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका–९ का २० वर्षीय अनिल बादीको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार उनी वैशाख १४ गते बिहान मन्दिर दर्शनका लागि गएका थिए। तर त्यस दिनदेखि सम्पर्कविहीन भएपछि परिवारले खोजतलासका लागि प्रहरीलाई जानकारी दिएका थिए।
प्रहरीले सञ्चालन गरेको खोजी अभियानका क्रममा वैशाख १६ गते झोलुङ्गे पुल नजिकै उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्र बहादुर मल्लले जानकारी दिनुभयाे।
डिएसपी मल्लका अनुसार घटनाको यथार्थ कारण हाल खुल्न बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान इलाका प्रहरी कार्यालय सन्धिखर्कका निरीक्षक रविन्द्र चन्दको नेतृत्वमा तीव्र गतिमा अगाडि बढिरहेको प्रहरीले जनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच