
सुर्खेत । सुत्केरी व्यथा लागेकी १६ वर्षीया किशोरीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी गर्भवती पुष्पा बोहरा भण्डारीको सदरमुकाम सिमकोटबाट उद्धार गरिएको हो ।
सुत्केरी हुन डेढ महिना बाँकीको समय हुँदै गरेकी उहाँलाई आइतबारदेखि एक्कासि उच्च रक्तचाप भएपछि जिल्लामा उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल सुर्खेतमा ‘रेफर’ गरिएको थियो । स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा प्रतीक्षा भारतीले प्रसवव्यथा लागेकी भण्डारीको जिल्ला अस्पतालमा जाँच गर्दा उच्च रक्तस्राव मात्रै नभएर पेटमा रहेको बच्चा ठाडो हुनुपर्नेमा तेस्रो भएको र बच्चाको टाउको अगाडि हुनुपर्नेमा साल अगाडि भएकाले समस्या भएको बताउनुभयो । उहाँका अनुसार जिल्लामा उपकरण, औजारलगायत दक्ष जनशक्ति अभावले किशोरीलाई जिल्लाबाहिर पठाएर उद्धार गरिएको हो ।
भण्डारीलाई ‘अप्रेसन’ गर्नुपर्ने अवस्था आएको हुनाले सुविधासम्पन्न अस्पताल पठाउनजुपर्ने अवस्था थियो । भण्डारीको उद्धारमा जिल्ला अस्पताल हुम्लाको सिफारिसमा सिमकोट गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उत्थान कोष कार्यक्रमबाट उद्धार गरिएको हो । हेलिकोप्टरमा उद्धार गरी सुर्खेत पुर्याएलगत्तै उहाँको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच