
हुम्ला । हुम्लामा रहेको एक मात्रै जिल्ला अस्पताल सिमकोटमा बहिरङ्ग (ओपिडी) सेवा पाँच दिनदेखि बन्द हुँदा विरामी समस्यामा परेका छन् ।
सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा शुक्रबारदेखि बन्द हुँदा उपचार गर्न पुगेका यहाँका विरामी मर्कामा परेको गुनासो पोख्ने गरेका छन् ।
आवासीय चिकित्सकको आन्दोलनको माग सम्बोधन नभएपछि नेपाल चिकित्सक संघले आह्वान गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै हुम्ला अस्पतालमा कार्यरत चिकित्सकले शुक्रबारदेखि ओपिडी सेवा पूर्णरुपमा बन्द गरेका हुन् । चिकित्सकको आन्दोलनका कारण ओपिडीमा आएका बिरामी उपचार नपाएर फिर्ता हुन बाध्य भएका छन् ।
मंगलबार विहान ठूलो संख्यमा विरामी स्वास्थ्य उपचारका लागि पुगेपनि ओपिडी सेवा बन्द भएका कारण उनहीरु एपचार नगरी फिर्ता हुन पुगेका हुन् । इमेर्जेन्सी सेवा बाहेक अन्य सबै सेवा बन्द गरेको जिल्ला अस्पताल हुम्लाले जनाएको छ । ओपिडी सेवा बन्द भएपनि इमेर्जेन्सीमा विरामीको चाप बढ्नका साथै १५ शैयाको बेड भरिभराउ भएको जानकारी प्राप्त भएको छ । जिल्ला अस्पताल हुम्लाको ओपिडी सेवामा उपचारका लागि दैनिक ४० देखि ५० जना पुगेर उपचार नपाएरै फिर्ता भएका छन् ।
जिल्ला अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा बन्द भएर उपचार नहुँदा उपचारका लागि पुगेका विरामीले बजारमा रहेको निजी क्लिनिकमा उपचार गर्नु परेको गुनासो पोखेका छन् । मंगलबार विहान अस्पताल पुगेका प्राय जसो महिलाहरुले पाँच दिनसम्म उपचार नपाएको भन्दै अस्पतालका चिकित्ससँग गुनासो पोखेका थिए । सदरमुकामबासी मात्रै नभएर नजिकका गाउँघरबाट उपचारका लागि अस्पतालमा पुगेका विरामी समेत उपचार नपाइ फिर्ता हुने गरेका छन् ।
गम्भीर समस्या भएका बिरामीलाई आकस्मिक कक्षबाट उपचार गरिदैँ आएको र ओपिडी सेवा पूर्ण रूपमा बन्द भएको अस्पतालका डाक्टर मंगला बुढाले बताउनुभयो । आवासीय चिकित्सकलाई सरकारी आठौँ तहसरह मासिक निर्वाह भत्ता उपलब्ध गराउन माग राख्दै शुक्रबारदेखि आन्दोलन थालेपछि देशभरका सरकारी अस्पतालको ओपिडी सेवा प्रभावित भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच