
काठमाडौं । शिक्षामन्त्री रघुजी पन्त र आन्दोलनरत शिक्षक नेताहरुबीच वार्ता सुरु भएको छ ।
शिक्षक महासंघको टोली वार्ताका लागि केहीबेर अघि शिक्षा मन्त्रालय पुगेको छ ।
हिजो राति अवेरसम्म भएको वार्तालाई आज पनि निरन्तरता दिइएको हो । महासंघको आन्तरिक बैठक लम्बिँदा सरकारसँगको पूर्वनिर्धारित वार्तामा केहि ढिलाइ भएको हो ।
वार्तामा शिक्षक महासंघका अध्यक्ष र उपाध्यक्षसहित चार जना सहभागी हुनुभएकाे छ भने सरकारका तर्फबाट शिक्षामन्त्री पन्तलाई शिक्षा मन्त्रालयका सचिवले साथ दिनुभएकाे छ ।
सोमबार राति भएको वार्ता सकारात्मक भएको र आज सहमति हुने अपेक्षा गरिएको छ ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राखेर देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौंमा सडक आन्दोलन गरिरहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच