
काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटको तयारीका लागि भारतको दिल्लीमा रहेको नेपाली टोली अभ्यास खेलमा पराजित भएको छ । सोमबार भएको खेलमा नेपाललाई दिल्ली महिला टोलीले ३८ रनले पराजित गरेको थियोे ।
पहिले ब्याटिङ गरेको दिल्लीले चार विकेटको क्षतिमा १२९ रन बनायो । दिल्लीका लागि आयुशी सोनीले नटआउट ४६ रन बनाउनुभएको थियो ।
बलिङमा नेपालकी पूजा महतो, मनिषा उपाध्याय र इन्दु बर्माले एक–एक विकेट लिनुभएको थियो । १३० रनको लक्ष्य पछ्याएको नेपालले आठ विकेटको क्षतिमा ९१ रन बनाउन सक्यो । नेपालका लागि रुबी पोद्दारले सबैभन्दा बढी २३ रन र कविता जोशीले नटआउट २१ रन बनाउँदा अरू ब्याटर सस्तैमा आउट भए ।
एसिया छनोट मे महिनामा थाइल्याण्डमा हुनेछ । नेपालसहित नौ टोलीले भाग लिँदैछन् । छनोटमा नेपाल समूह ‘सी’ मा छ । यो समूहमा नेपालसहित हङकङ र बहराइन छन् । समूहको शीर्ष टोलीले फाइनल राउण्ड खेल्नेछ । फाइनल राउण्डमा तीन टोलीबीच प्रतिस्पर्धा हुँदा शीर्ष दुई विश्वकप छनोटमा पुग्नेछन् ।
विश्वकप छनोटमा १० टोली भिड्नेछन् । १० मध्ये चार टोली सन् २०२६ मा इंग्ल्याण्डमा हुने आइसिसी महिला टी-२० विश्वकपमा छनोट हुनेछन् ।
नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), पूजा महतो (उप-कप्तान), रुविना क्षेत्री, बिन्दु रावल, राजमती ऐरी, मनीषा उपाध्याय, कविता जोशी, रुवी पोद्दार (विकेटकिपर), सवनम राई, रिया शर्मा, सम्झना खड्का, रोमा थापा (विकेटकिपर) र ईश्वरी विष्ट रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच