
काठमाडौं । भारतको कर्नाटकमा सम्पन्न त्रिकोणीय डजबल प्रतियोगितामा नेपाल तेस्रो भएको छ । नेपाल पहिलो अन्तर्राष्ट्रिय सहभागितामै कांस्य पदक जित्न सफल भएको हो । अप्रिल २५ देखि २७ तारिखसम्म कर्नाटकमा भएको नेपाल भारतसँग तीन-एकले पराजित भएको थियो । मलेसियासँग नेपाल पाँच-शून्यले पछि पर्यो । तीन देश सहभागी प्रतियोगितामा नेपालले पहिलो अन्तर्राष्ट्रिय अनुभव बटुलेको हो ।
नेपालको प्रदर्शनपछि एसिएन डजबल महासंघका महासचिव दासा सुब्रमन्यमले नेपालको प्रदर्शन तारिफयोग्य रहेको बताउनुभयो । ‘मलेसियामा विगत १५ वर्षदेखि खेल्दै आएको छ । भारतले पनि १० वर्षदेखि खेल्दै आएको हो । डजबलमा नेपालको भविष्य राम्रो छ,’ दासाले भन्नुभयो ।
नेपालले मलेसियामा हुन गइरहेको आसन्न एसिएन डजबल च्याम्पियनसिपका लागि थप प्रशिक्षण र तयारी गरेर जाने नेपाल डजबल संघका महासचिव अरुण तिमल्सिनाले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच