
एजेन्सी । क्यानडाका प्रधानमन्त्री मार्क कर्नीको लिबरल पार्टीले आमनिर्वाचनमा अभूतपूर्व विजय हासिल गरेको छ । लिबरल पार्टीको जितलाई आश्चर्यजनक नतिजा मानिएको छ । किनभने, तीन महिनाअघिको मत सर्वेक्षणमा यो पार्टी कन्जरभेटिभभन्दा पछि परेको थियो । कर्नी र उहाँको पार्टीको जितका पछाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ठूलो भूमिका रहेको बताइएको छ ।
ट्रम्पले गएको जनवरीमा राष्ट्रपति पद सम्हालेपछि क्यानडालाई अमेरिकाको ५१औं राज्य बनाउने धम्की दिनुभएको थियो । यस्तै, आयात कर र ट्रम्पले क्यानडालाई लगातार डराउने कार्य गरेकाले ‘सेन्ट्रल लेफ्ट’ पार्टीको भाग्यमा नाटकीय परिवर्तन आएको बिबीसीले जनाएको छ ।
केही समयअघिसम्म क्यानडेली अर्थतन्त्रको अवस्था र तत्कालीन नेता जस्टिन टुडोको दश वर्षे लिबरल सरकारप्रति असन्तुष्टिका कारण सर्वेक्षणक्रममा पियर पोइलिभ्रेको कन्जरभेटिभ पार्टीले ठूलो अग्रता बनाएको थियो । कर्नीको पार्टीले संसद्मा बहुमत हासिल गर्न आवश्यक पर्ने सांसद संख्या जित्ने/नजित्ने भने अन्तिम नतिजा सार्वजनिक नभएसम्म निश्चित नभएको बिबीसीले जनाएको छ ।
अमेरिकाअन्तर्गत राख्न अमेरिकी राष्ट्रपति ट्रम्प हामीलाई फुटाउन खोज्दै छन्, तर हामी यो कहिल्यै हुन दिने छैनौं’, प्रधानमन्त्री कर्नीले आफ्नो जितपछि समर्थकलाई सम्बोधन गर्दै भन्नुभएको छ । पराजित कन्जरभेटिभ पार्टीका नेता पोइलिभ्रेले यो निर्वाचनबाट ‘कडा’ सिकाइ प्राप्त भएकोे बताउनुभएको छ ।
केही समयअघि क्यानडामा टुडोलाई राजीनामा दिन लगाएर एक गैरराजनीतिक र बैंक अफ इंल्याण्डका पूर्वप्रमुख कर्नीलाई पार्टीको नेता चयन गरिएको थियो । उहाँको पार्टीले ट्रम्पले क्यानडाको अर्थतन्त्रमात्र नभई सम्प्रभुतालाई पनि धम्की दिएको भन्दै लगातार कडा अभियान चलाएको थियो ।
यता क्यानडाको न्यू डेमोक्रेटिक पार्टी (एनडीपी)का नेता जगमित सिंह चुनावमा पराजयपछि पार्टी नेता पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै जगमित सिंहले भन्नुभएको छ, ‘यो न्यू डेमोक्र्याटहरूका लागि निराशाको रात हो । हामी लड्न छोडेपछि मात्र हार्छौं ।’ क्यानडाको आमचुनावमा एनडीपीको प्रदर्शन निराशाजनक रहेको छ । चुनावमा यो केवल आठ सिटमा मात्र सीमित हुनसक्ने बताइएको छ । क्यानडामा, हाउस अफ कमन्समा दलको हैसियत प्राप्त गर्न दलहरूलाई कम्तीमा १२ सिट आवश्यक पर्दछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच