
काठमाडौं । यही वैशाख २६ (मे ९)देखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘जार’को वल्र्ड प्रिमियरका लागि कलाकारसहितको निर्माण टिम सिक्किम प्रस्थान गरेको छ । निर्देशक फुर्वा छिरिङ लामा, कार्यकारी निर्माता त्रिलोचन पाण्डे, अभिनेता द्वय सौगात मल्ल, अनुपविक्रम शाही र गायिका तथा संगीतकार झुमा लिम्बुसहितको टिम मंगलबार बिहान त्यसतर्फ प्रस्थान गरेको हो ।
चलचित्रको वल्र्ड प्रिमियर आज (बुधबार) सिक्किमको गान्तोकमा हुँदैछ । फिल्म, कला साहित्य सम्बद्ध दिग्गज व्यक्तित्वहरू, विभिन्न राजनीतिज्ञ, व्यापारी, समाजसेवीसहितको उपस्थितिमा भव्य प्रिमियरको आयोजना गरिएको निर्देशक लामाले जानकारी गराउनुभयो । सिक्किमपछि मे ३ तारिखमा सिलिगुडी (सिलिगुरी)मा यो चलचित्रको दोस्रो प्रिमियर तय गरिएको छ । स्थानीय दर्शक तथा शुभचिन्तकहरू सँगसँगै चलचित्र हेरेर कलाकार तथा निर्माण टिमले प्रतिक्रियासमेत लिनेछ भने दार्जिलिङमा पनि चलचित्रको प्रचारात्मक कार्यक्रम तय छ ।
यो चलचित्र साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित छ । चलचित्रमा सौगात र अनुपविक्रमसँगै भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जलि थापाले प्रमुख स्थान लिनुभएको छ । सरवानन इलावार्सुको छायांकन रहेको चलचित्र ‘जार’मा अखिलेश राईको सम्पादन छ । होप रिल्स, एलए सेभेन सट्र्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको यो चलचित्रको कार्यकारी निर्मातामा नीरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमा रिन्जिङ लेप्चा रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच