
काठमाडौ । करिव एक महिनादेखि आन्दोलनरत शिक्षक र सरकारबीच सिंहदरबारमा शुरू भएको छ ।
सोमबार अबेर रातिसम्म भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि आज फेरि वार्ता भएको हो ।
सोमबारको वार्ता सकारात्मक भएको र आज निष्कर्षमा पुगिने दुवै पक्षले प्रतिक्रिया दिएका थिए ।
आजको वार्ताले ठोस निकास दिने अपेक्षा गरिएको छ । सरकारसँग वार्तामा बस्नुअघि शिक्षक नेताहरू आज दिउँसो गोप्य बैठकमा बसेका थिए ।
नेपाल शिक्षक महासंघका प्रतिनिधि र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तबीच सिंहदरबारस्थित मन्त्रालयमा वार्ता शुरू भएको केहीबेर पछि उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी हुनुभएको छ ।
शिक्षक महासंघको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापालगायत वार्तामा सहभागी हुनुहुन्छ ।
शिक्षकका मागहरुको सम्बोधन र आन्दोलन टुंगो लगाउने विषयमा शिक्षकहरुसँग छलफल केन्द्रीत रहेका मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्बाट आंशिक मागहरु पुरा गर्ने, विद्यालय शिक्षा विधेयक पारित हुने विश्वासिलो वातावरण बनाउने र आन्दोलन स्थगित गर्ने विषयमा छलफल केन्द्रित रहेको छ ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राखि सामुदायिक विद्यालयका शिक्षकहरू गत चैत २० गतेदेखि दिनहुँ काठमाडौंमा सडक आन्दोलन गरिरहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच