
काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा निरन्तर लागि परेको नाम हो ध्रुव न्यौपाने । हेटौंडा स्थायीघर हुनुभएका उहाँ व्यवसाय र कलाकारिता हुँदै निर्माता बन्नुभएको छ । आगामी जेठ २ गतेदेखि सिनेमाघरमा आउन लागेको एक्सनप्रधान चलचित्र ‘नरसिंहा अवतार’का उहाँ निर्मातामध्येका एक हुनुहुन्छ । यो उहाँले निर्माण गरेको पहिलो चलचित्र भने होइन । यसअघि उहाँले ‘हिरो रिर्टन्स’ र ‘मायावी’ जस्ता चलचित्र निर्माण गर्नुभएको छ । नयाँ चलचित्र ‘नरसिंहा अवतार’बाट उहाँ आशावादी देखिनुभएको छ ।
‘चेतना कन्स्ट्रक्सन’ नामक ‘क’ वर्गको निर्माण कम्पनी र होटल मुनस्टारमा सह-लगानीकर्तासमेत रहनुभएका उहाँ नेपाली कला क्षेत्रमा पनि निरन्तर रहनुभएको छ । व्यावसायिक पृष्ठभूमिका उहाँको बाल्यकालदेखि नै हिरो बन्ने रहर थियो । उहाँले ५० भन्दा बढी गीतका भिडियोमा पनि अभिनय गर्नुभएको छ । यस्तै उहाँ ‘प्लान’, ‘सन्त्रास’, ‘पायल’जस्ता आधा दर्जन चलचित्रमा पनि देखिनुभएको छ ।
यतिवेला प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘नरसिंहा अवतार’ले बक्स अफिसमा राम्रो गर्नेमा ध्रुर्व विश्वस्त हुनुहुन्छ । ‘अब म निर्मातामात्रै होइन, मेरो चलचित्र करिअरको दोस्रो इनिङमा राम्रो प्रोडक्सन हाउस सञ्चालन गर्ने योजना पनि लिएर आएको छु । लाइट आइसकेको छ, क्यामरा आउँदैछन्,’ उहाँ भन्नुहुन्छ । प्रोडक्सन हाउसबाट हरेक वर्ष एउटा चलचित्र निर्माण गर्ने उहाँको योजना छ ।
दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र ‘नरसिंहा अवतार’बाट नायक राजेश हमालले आठ वर्षपछि नेपाली चलचित्र क्षेत्रमा कमब्याक गर्दै हुनुहुन्छ । यसकारण पनि यो चलचित्र विशेष र प्रतीक्षित मानिएको छ । नेपाली चलचित्रको इतिहासमै सबैभन्दा लामो पोष्टर केही दिनअघि एक कार्यक्रमबीच सार्वजनिक गरिएको थियो ।
चलचित्रमा राजेशको अलवा सरोज खनाल, नीर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, रमेशचन्द सोडारी, प्रकाश कुँवर, राजिभजंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेललगायत कलाकार अभिनय छ ।
राजुविक्रम थापाले खिचेको यो चलचित्रमा कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत छ । पोष्टरको डिजाइन राकेश दाहालले गर्नुभएको छ ।
चलचित्रमा ध्रुवसहित दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र नेम महर्जनको लगानी छ । करणसिंह प्रोडक्सन डिजाइनर रहेको यो चलचित्रका एसोसिएट निर्देशक वसन्त अधिकारी हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच