
काठमाडौं । साताको तेस्रो दिन पनि सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से १५.०८ अंकले घटेर २६३१.९८ अंकमा झरेको हो । नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार मंगलबार तीन सय ११ कम्पनीको एक करोड ८४ लाख ९१ हजार नौ सय ४१ कित्ता सेयर ६६ हजार दुई सय ६५ पटक खरिदबिक्री हुँदै सात अर्ब ५७ करोड ५२ लाख छ हजार दुई सय ७८ रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन सोमबार आठ अर्ब ९१ करोडको कारोबार भएको थियो । मंगलबार सबै समूहका सूचक घटेका छन् ।
फाइनान्स सबैभन्दा धेरै १.२२, बैंकिङ ०.५७, विकास बैंक ०.९०, होटल तथा पर्यटन ०.६३, हाइड्रोपावर ०.२०, लगानी ०.८३, जीवन बीमा ०.५४, उत्पादन ०.३४, माइक्रो फाइनान्स ०.७८, व्यापार ०.५१ र अन्य ०.७५ प्रतिशतले घटेका हुन् । तर, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने कारोबार रकमका आधारमा सबैभन्दा धेरै सानिमामाई हाइड्रोपावर लिमिटेडको ८२ करोड ४३ लाख ७३ हजार एक सय ३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार सेयर संख्याका आधारमा सबैभन्दा धेरै ङादी ग्रुप पावरको १६ लाख ९८ हजार आठ सय ४० कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच