
काठमाडौं । दूधजन्य उत्पादनको खपत बढाउन सहजीकरणका लागि व्यवसायीले सरकारसँग आग्रह गरेका छन् । डेरी उद्योग संघले सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छीतर्फका नवनियुक्त सचिव डा. दीपककुमार खराललाई डेरी क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी गराएको छ । अध्यक्ष राजकुमार दाहालसहितको टोलीले सचिवलाई परिस्थिति थप जटिल बन्न नदिन सरकारको सहयोग खोजेको बताउनुभएको थियो ।
आन्तरिक बजारमा खपत हुन नसक्दा बजार मागभन्दा बढी बजारमा आएको दूधबाट धुलो दूध, मख्खनलगायतका दुग्धजन्य पदार्थ उत्पादन गरी भण्डारण बढ्दै गएको कारण एकातर्फ किसानको नियमित भुक्तानीमा समस्या आएको र अर्कोतर्फ मौज्दात दुग्धजन्य पदार्थ बिक्री हुन नसक्दा स्वदेशी दुग्ध क्षेत्रमा चुनौतीहरू थपिँदै जाने क्रम बढिरहेको उनीहरूको भनाइ थियो ।
सरकारले आधारभूत आवश्यक दैनिक उपभोग्य खाद्य वस्तु प्रशोधित दूध, दही आदिमा मूल्य अभिवृद्धि कर नलाग्ने व्यवस्था गरेजस्तै आगामी आर्थिक वर्ष २०८२⁄८३ को बजेट वक्तव्यमार्फत् मख्खन, घिउ, मोहीलगायतका दुग्ध पदार्थमा मूल्य अभिवृद्धि कर भ्याट छुटको पहलका लागि संघले सचिवलाई ध्यानाकर्षण गराएको छ ।
भ्याट छुटले उपभोक्ता वर्गमा थप मूल्य भार नपर्ने, किसानको भुक्तानीका लागि सहज हुने तथा अवैध रूपमा आयातित दुग्धजन्य पदार्थ प्रतिस्थापन गर्दै देशमा थप रोजगारी सिर्जना हुने संघको भनाइ छ । त्यसो त दूध उत्पादनमा आत्मनिर्भर भएको घोषणा भएको वर्षौं भइसक्दा पनि किसानका समस्या उल्लेख्य रूपमा समाधान भइसकेका छैनन् । पछिल्लो समय अर्थतन्त्र सुस्ताउँदा त्यसको प्रभाव किसानको गोठसम्म पुगेको छ । बजार चलायमान नहँुदा खपत बढ्ने सिजनमा समेत बजारमा उत्साहित हुनेगरी माग नबढेपछि दुग्धजन्य उत्पादन र खपत शृंखला थप बिग्रने चिन्ता बढेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच