
काठमाडौं । नवीनतम प्रविधिमा आधारित इलेक्ट्रोनिक्स ब्राण्ड टिसिएलले नेपालको एयर कण्डिसनिङ बजारमा नयाँ मापदण्ड स्थापना गर्दै आफ्ना नयाँ इन्भर्टर एसी सिरिजमा १० वर्षको कम्प्रेसर वारेन्टी घोषणा गरेको छ । नयाँ पहलले टिसिएलको उत्पादनको दिगोपनमा रहेको विश्वास र नेपाली उपभोक्तालाई दीर्घकालीन मूल्य प्रदान गर्ने प्रतिबद्धतालाई झल्काउने कम्पनीले जनाएको छ ।
अझ प्रभावकारी ऊर्जा बचत, स्मार्ट इन्भर्टर ७० प्रतिशतसम्म ऊर्जा बचत, जेन मोड, उत्कृष्ट आराम र स्वास्थ्य, द्रुत कुलिङ र हिटिङ, स्मार्ट एयरफ्लो, गोल्डेन फिन, सजिलो प्रयोगका लागि सुविधा, स्मार्ट एप कन्ट्रोललगायतका विशेषता रहेका छन् । नयाँ इन्भर्टर एसी मोडलहरूमा एक टनको टिएसी १२ सिएचएसडिआई/एक्सएएफ १, १.५ टनको टिएसी १८ सिएचएसडिआई/एक्सएएफ १, २ टनको टिएसी २४ सिएचएसडिआई/एक्सएएफ १ रहेका छन् ।
कम्पनीका अनुसार टिसिएलको नयाँ इन्भर्टर एसी सिरिज विशेषगरी नेपालको भौगोलिक र जलवायु अवस्थालाई मध्यनजर गरेर निर्माण गरिएको हो । बारम्बार हुने भोल्टेज उतारचढाव, तातो गर्मी र चिसो जाडोको प्रभाव नियन्त्रण गर्न यी एसीहरूमा आधुनिक भोल्टेज स्टेबिलाइजेसन सुविधा उपलब्ध छ । ऊर्जा-कुशल डिजाइनले विद्युत खर्च घटाउनुका साथै वातावरणमैत्री समाधान पनि प्रदान गर्दछ । टिसिएल एक विश्वव्यापी प्रविधि कम्पनी हो, जसले टेलिभिजन, वासिङ मेसिन, रेफ्रिजेरेटर, एयर कण्डिसनर र वाटर डिस्पेन्सरजस्ता इलेक्ट्रोनिक्स उत्पादन उपलब्ध गराउँछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच