
काठमाडौं । सुप्रिम हेल्थ केयर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँका दरले १२ लाख ५० हजार कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गर्न लागेको हो ।
जसका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सोमबार ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच सुप्रिम हेल्थ केयरका कार्यकारी सञ्चालक मुकेश शर्मा र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईंटेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
२०६६ सालमा स्थापना भएको सुप्रिम हेल्थ केयर विगत छ वर्षदेखि निरन्तर नाफामा रहेको छ । बाराको परवानीपुरमा रजिष्टर्ड कार्यालय रहेको कम्पनीको सम्पर्क कार्यालय काठमाडौंमा रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच