
काठमाडौं । एनएमबी बैंकले अन्तर्राष्ट्रिय निकायहरू आइएफसी, बिआइआई र मेटलाइफसँगको साझेदारीमा नेपालमै पहिलोपटक अमेरिकी डलर छ करोड बराबरको नेपाली रुपैयाँ अंकित हरित बण्ड जारी गर्ने उद्देश्यका साथ साझेदारीपत्रमा हस्ताक्षर गरेको छ । उक्त सहकार्यले जलवायु परियोजनाहरूमा संलग्न उद्यममा लगानी विस्तार गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गुणस्तरीय रोजगारी सिर्जना हुने लक्ष्यसमेत लिएको छ । त्यसैगरी देशको ऊर्जा क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास बैंकको रहेको छ ।
बण्ड जारी गरी प्राप्त हुने रकम विशेषतः सौर्य ऊर्जालगायतका नवीकरणीय ऊर्जा, विद्युतीय सवारी, हरित भवन तथा बायोमासजस्ता परियोजनामा लगानी विस्तार गर्ने लक्ष्य लिएको छ ।
समझदारीपत्र हस्ताक्षर समारोहमा बैंकका सञ्चालक समिति अध्यक्ष मनोजकुमार गोयलले यस प्रयासमार्फत् नवीकरणीय ऊर्जालगायतका क्षेत्रमा एक परिवर्तनकारी फड्को मारिने विश्वास व्यक्त गर्नुभयो । उहाँले एनएमबी बैंकको यस पहलले विदेशी पुँजी स्वदेश भिœयाई जलवायु क्षेत्रमा लगानी गर्दै उक्त क्षेत्रमा परेको पर्यावरणीय प्रभावलाई न्युनीकरण गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच