
काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकबाट सुन खरिदका लागि संघ वा महासंघहरूले सिफारिस दिँदा व्यवसायीसँग शुल्क लिन नपाउने व्यवस्था गरेको छ । मंगलबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले संघ तथा महासंघले वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा कुनै पनि सिफारिस दस्तुर वा शुल्क लिन नपाइने जनाएको हो ।
केन्द्रीय बैंकद्वारा जारी सूचनामा भनिएको छ, ‘सुन आयात तथा बिक्रीवितरण सम्बन्धमा ‘सुन आयात तथा बिक्रीवितरणसम्बन्धी कार्यविधि, २०६८’ मा विद्यमान रहेको र उक्त कार्यविधिको दफा १४ मा व्यवस्था भएबमोजिम सुन व्यवसायसम्बन्धी संघ र महासंघले वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा कुनै पनि प्रकारको सिफारिस दस्तुर वा शुल्क लिन नपाइने व्यवस्था रहेको हुँदा सुन खरिदका लागि सिफारिस प्रदान गर्ने संघ, महासंघ र सिफारिस लिने व्यवसायीले उक्त व्यवस्थाको पालना गर्नु र गराउनुहुन विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र सुन आयात तथा बिक्रीवितरणसम्बन्धी कार्यविधि, २०६८ दफा १४ ले दिएको अधिकार प्रयोग गरी यो सूचना प्रकाशन गरिएको छ ।’
सुन आयात तथा बिक्रीवितरणसम्बन्धी कार्यविधि, २०६८ मा विद्यमान व्यवस्थाअनुसार सुन खरिद सिफारिसमा शुल्क लिन नपाइने व्यवस्था रहेकाले केन्द्रीय बैंकले उक्त व्यवस्था संघ, महासंघ र सिफारिस लिने व्यवसायीलाई पालना गर्न आग्रह गरेको छ ।
सुन आयात तथा बिक्रीवितरणसम्बन्धी कार्यविधि, २०६८ मा विद्यमान व्यवस्थाअनुसार सुन खरिद सिफारिसमा शुल्क लिन नपाइने व्यवस्था रहेको जानकारी गराउँदै केन्द्रीय बैंकले उक्त व्यवस्था संघ, महासंघ र सिफारिस लिने व्यवसायीलाई पालना गर्न आग्रहसमेत गरेको छ । यसैबीच पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्दोक्रममा रहेको छ । अन्तर्राष्ट्रिय बजार मूल्य बढेका कारण नेपाली सुन बजार पनि महँगिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला सुनको मूल्य एक लाख ८८ हजार आठ सय रुपैयाँ पुगेको छ ।
अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले एकपछि अर्को घोषणा गर्दै विभिन्न देशबाट आयात हुने सामग्रीमाथि थप शुल्क लगाइदिने धम्कीसँगै विश्व व्यापार युद्धको त्रास रहेका कारण सुनको माग बढेको विज्ञहरूले बताएका छन् । गत वर्षको कात्तिक १५ गते नेपाली बजारमा सुनले हालसम्मकै सर्वाधिक मूल्यको कीर्तिमान राख्दै प्रतितोला एक लाख ७१ हजार पुगेको थियो । मंसिर ९ गते एक लाख ६७ हजार दुर्ई सय रुपैयाँमा ओर्लिएको सुन सरकारले भन्सारदर आधाले घटाइदिएपछि मंसिर १० गते एक लाख ५१ हजार तीन सयमा झरेको थियो । त्यसपछि पनि सुनको मूल्य फेरि लगातार बढिरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्ला घटनाक्रमका कारण आगामी दिनमा सुनको मूल्य घट्ने सम्भावना देखिएको छैन । वल्र्ड गोल्ड काउन्सिलका अनुसार विश्वका सम्पन्न मुलुकका केन्द्रीय बैंकहरूले सुनमा लगानी बढाइरहेका छन् भने अन्य लगानीकर्ताको आकर्षण पनि सुनमै देखिएको छ । सन् २०२४ मा विश्वभर सुनको माग ४९ सय ७४ मेट्रिक टन पुगेको थियो । उक्त एक वर्षमा विभिन्न देशका केन्द्रीय बंैकहरूले एक हजार टन सुन किनेका थिए । धेरै किन्नेमा चीन र भारत पनि रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच