
आज वि.सं २०८२ वैशाख १७ गते, बुधबार, ई.स. २०२५ अप्रिल ३०, तिथि- वैशाख शुक्लपक्ष तृतीया, रोहिणी- नक्षत्र, शोभन- योग, तैतिल- करण, चन्द्रराशि- वृष, सूर्योदय- ५ः२८, सूर्यास्त- १८ः३६ ।
मेष : पारिवारिक सुख, वाणीमा माधुर्य र आर्थकि लाभको योग बनिरहेको छ । आजको दिन वाणीमा संयमता राख्दा सम्बन्धहरू अझ सुदृढ बन्नेछन् । व्यापार वा सेवामा लाभदायक लेनदेनको सम्भावना छ ।
वृष : आत्मविश्वास, सौन्दर्यबोध र मानसिक स्थिरता विशेष रूपले प्रकट हुनेछ । भावनात्मक सन्तुलन कायम राख्न सकिनेछ । कला, साहित्य वा सिर्जनात्मक क्षेत्रमा संलग्न भइनेछ भने आजको दिन प्रेरणादायी बन्नेछ । पारिवारिक सम्बन्धमा माया र समझदारीको झल्को रहनेछ ।
मिथुन : खर्च, भ्रम र शारीरिक थकानको संकेत देखिन्छ । अनावश्यक यात्राबाट बच्नु उपयुक्त हुनेछ । ध्यान, योग वा एकान्त साधनामा समय बिताउनु लाभदायक हुनेछ । निजी गोपनीयताको रक्षा गर्नु आजको पहिलो प्राथमिकता हुनसक्छ ।
कर्कट : इच्छाफल सिद्ध गर्ने दिन हो । पुराना योजनाहरूमा प्रगति हुने संकेत छन् । साथीभाइ वा सञ्जालबाट सहयोग पाइनेछ । आर्थिक लाभका सम्भावना प्रबल छन् । सामाजिक कार्य वा समूहमा नेतृत्व गर्ने अवसर प्राप्त हुनसक्छ ।
सिंह : कार्यक्षेत्रमा सम्मान, सफलता र उत्तरदायित्व प्राप्तिको संकेत छ । आजको दिनमा लिएको निर्णयले दीर्घकालीन प्रभाव पार्नसक्छ । वरिष्ठ अधिकारी वा गुरुजनको कृपा प्राप्त हुनसक्छ । सार्वजनिक छविमा निखार आउने समय हो ।
कन्या : भाग्यबल जागृत हुनेछ । तपाईँका प्रयासले सफलता ल्याउनेछ । धर्म, दर्शन वा विदेशसम्बन्धी विषयमा प्रगति सम्भव छ । यात्राको योग बलियो देखिन्छ । कुनै सानोतिनो सहायताले पनि ठूलो कार्य सिद्ध हुनसक्ने समय हो ।
तुला : मानसिक तनाव, स्वास्थ्यप्रति चिन्ता वा गोप्य समस्याहरू ल्याउन सक्छ । जोखिमपूर्ण कार्यबाट टाढा रहनु श्रेयष्कर हुनेछ । ध्यान, मौन वा आत्म निरीक्षणले आजको दिनलाई शान्त तुल्याउन सक्छ । धैर्य र स्थिरताले परिस्थिति सुधार्नेछ ।
वृश्चिक : वैवाहिक र साझेदारी सम्बन्धलाई ऊर्जा दिनेछ । प्रेम र विश्वासमा आधारित सम्बन्धहरू अझ प्रगाढ बन्नेछन् । वैवाहिक जीवनमा सहयोग, समझदारी र स्नेह बढ्ने सम्भावना छ । नयाँ व्यावसायिक सम्झौताका लागि पनि अनुकूल समय हो ।
धनु : कार्यक्षेत्रमा सक्रियता, अनुशासन र प्रतिस्पर्धामा विजय भइनेछ । कानुनी वा विवादित विषयहरूमा निष्पक्षता पाइनेछ । स्वास्थ्यमा सुधार, ऋण तिर्ने वा संकलन गर्ने प्रयास सफल बन्नेछ । प्रयास गर्दा लक्ष्यमा पुग्न सकिने समय हो ।
मकर : प्रेम, सन्तान र सिर्जनात्मक क्षमतामा सकारात्मक ऊर्जा मिल्नेछ । विद्यार्थीहरूका लागि समय अनुकूल छ । कुनै नयाँ रचनात्मक योजना थालनीको समय हो । प्रेम प्रस्ताव सफल बन्न सक्छ ।
कुम्भ : मानसिक असन्तुलन वा पारिवारिक चिन्ताको संकेत देखिन्छ । मातापिताको स्वास्थ्य वा स्थायी सम्पत्तिसम्बन्धी विषयमा संवेदनशीलता देखिन सक्छ । मानसिक शान्तिका लागि एकान्त वा साधनामा समय दिनु उत्तम हुनेछ ।
मीन : साहस, उत्साह र अभिव्यक्तिको सशक्त प्रभाव हुनेछ । छोटो यात्रा, भाइबहिनीको साथ, वा लेखन-प्रस्तुतिकरणमा सफलता मिल्नेछ । सञ्चारमार्फत अवसर प्राप्त हुने देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच