
काठमाडौं । नेपाल शिक्षक महासङ्घको अगुवाइमा देशभरका शिक्षकहरूले आज पनि काठमाडौंमा प्रदर्शन गर्नुहुने भएको छ ।
गएराति सरकार र शिक्षक महासङ्घका प्रतिनिधिबीचको वार्ता निष्कर्षमा नपुगेपछि शिक्षकहरूले आज पनि प्रदर्शन गर्न लाग्नुभएको हो ।
महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सरकारसँग छलफल र संवाद सँगसँगै आन्दोलन पनि जारी रहने बताउनु भएको छ । उहाँले संवादमा हुने प्रतिनिधि साथीहरू आफ्ना माग र मुद्दामा डटेर लडिरहेको उल्लेख गर्नुभएको छ ।
अध्यक्ष सुवेदीले आन्दोलन जारी रहेकाले बिहान ११ बजे माइतीघर मण्डलामा उपस्थित भएर आन्दोलनलाई मर्यादित र अनुशासित बनाउन शिक्षकहरूलाई आग्रह गर्नुभएको छ।
शिक्षामन्त्री रघुजी पन्त र महासङ्घका पदाधिकारीबीच गएराति ८ बजेदेखि साढे १० बजेसम्म चलेको वार्ता सकारात्मक रहेको दुवै पक्षले जनाएका छन् । मङ्गलबारको वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी हुनुहुन्थ्यो ।
देशभरका शिक्षक शैक्षिक हड्ताल गरी गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच