
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई पक्रन पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई नै प्रहरीले नियन्त्रणमा लिएको छ।
रेशमलाई पक्राउ गर्ने पत्र तयार गरेर बुधबार बिहान विष्ट आफैँ जिल्ला प्रहरी परिसर काठमाडौं र कारागार कार्यालयमा पुगेका थिए।
सोही पत्रका आधारमा कमलादीबाट दिउँसो रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो। नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा सभामा प्रज्ञाभवन पुगेका चौधरीलाई जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।
सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृतसमेत रहेका विष्टले बुधबार बिहान प्रहरीलाई पत्राचार गरेका थिए । तर, उक्त पत्र सर्वोच्चको आधिकारिक नरहेको भन्दै विष्टलाई कारबाहीका लागि अदालतले जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको छ ।
विष्टले सर्वोच्च अदालतमा तोकिएको जिम्मेवारीभन्दा बाहिर गई अन्य पदाधिकारीलाई तोकिएको जिम्मेवारी ग्रहण गरी अदालतको लेटर प्याड, छाप र पदको दुरुपयोग गरी पत्राचार गरिएको सर्वोच्चले जनाएको छ ।
उनलाई सर्वोच्च अदालत परिसरबाट प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी परिसर भद्रकाली पुर्याइसकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच