
रोम । इटालियन प्रशिक्षक कार्लो एन्सेलोटीले ब्राजिली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बन्ने प्रस्ताव अस्वीकार गर्नुभएको छ । स्पेनिस क्लब रियल मड्रिडबाट यो सिजनको अन्त्यमा एन्सेलोटी बिदा हुँदै हुनुहुन्छ । उहाँलाई पाँचपटकको विश्वकप विजेता ब्राजिलले टिमको नेतृत्वका लागि प्रस्ताव गरेको थियो । तर, उहाँले त्यो अवसरलाई अस्वीकार गर्नुभएको छ ।
स्पेनिस पत्रिका मार्काका अनुसार एन्सेलोटी सोमबार लण्डन जानुभएको थियो । त्यहीँ ब्राजिलसँगको सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको थियो । तर, उक्त सम्झौतामा हस्ताक्षर नगरी उहाँ स्पेन फर्किनुभएको छ ।
पछिल्लो घटनाक्रममा उहाँले ब्राजिल फुटबल महासंघका अध्यक्ष एडनाल्डो रोड्रिग्सलाई फोनमार्फत् प्रस्ताव अस्वीकार गर्ने निर्णय सुनाउनुभएको थियो । उहाँको ‘यु-टर्न’को मुख्य कारण ब्राजिलसँगको जिम्मेवारी कहिलेबाट सुरु हुन्छ भन्नेमा अन्योल उत्पन्न हुनु हो ।
ब्राजिल पक्षले एन्सेलोटी जुनबाट नै उपलब्ध हुने ठानेका थिए । तर, एन्सेलोटीले भने आफू अगस्टदेखि मात्रै भूमिका सम्हाल्न सक्ने जानकारी दिनुभएको थियो । अब एन्सेलोटी ब्राजिलको प्रशिक्षक नबन्ने निश्चितजस्तै देखिएको छ ।
ब्राजिल अब नयाँ प्रशिक्षक खोज्न बाध्य भएको छ । गत महिना अर्जेन्टिनासँगको ४-१ को हारपछि डोरिभाल जुनियरलाई बर्खास्त गरेपछि ब्राजिल नयाँ प्रशिक्षकको खोजीमा लागेको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच