हेटौंडा । सातौं शहीद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता वैशाख १९ गतेदेखि हुने भएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सातौं संस्करणबाट प्रतियोगिताको ढाँचा परिवर्तन गरी महिलाको फुटबल खेल सीप प्रदर्शन गर्न महिला गोल्डकप आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमार्फत् जानकारी दिइएको छ ।
हेटौंडा उपमहानगरपालिका, बागमती प्रदेश खेलकुद विकास परिषद्, भीमफेदी गाउँपालिका र कैलाश गाउँपालिकाको आर्थिक सहयोगमा हुने प्रतियोगितामा तीन विभागीयसहित आठवटा क्लबको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।
हेटौंडा-६ स्थित गौरीटार रंगशालामा हुने प्रतियोगितामा एपिएफ क्लब, नेपाल पुलिस, त्रिभुवन आर्मीका साथै रौतहट महिला टिम, चितवन जिल्ला महिला टिमको सहभागिता रहनेछ । अन्य क्लबमा रिगल हेटौंडा रिसोर्ट एन्फा, वीरगञ्ज युथ एकेडेमी र नवजनजागृति युवा क्लब सिमरा छन् ।
प्रतियोगिता विजेताले पाँच लाख र उपविजेताले तीन लाख नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँका तर्फबाट स्कुटर पुरस्कार छ । प्रतियोगिता सञ्चालनका लागि हेटौंडा उपमहानगरपालिकाले २५ लाख, बागमती प्रदेश खेलकुद विकास परिषद्ले १५ लाख, भीमफेदी गाउँपालिका र कैलाश गाउँपालिकाले तीन-तीन लाख आर्थिक सहयोग गरेका छन् । प्रतियोगिता सञ्चालनका लागि ६१ लाख लाग्ने आयोजकको अनुमान छ ।
शिवम् सिमेन्ट लिमिटेड, लिसन फार्मेसी चौघडा, रिगल हेटौंडा रिसोर्ट, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट र बीमा साझेदार एनएलजी इन्सुरेन्सको सहयोग छ । स्थानीय पर्यटन प्रवद्र्धन, महिला सशक्तीकरण तथा राष्ट्रिय खेलकुदको विकासमा टेवा पुर्याउने विश्वाससाथ प्रतियोगिता आयोजना गरिएको जानकारी दिइएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर