
काठमाडौं । चलचित्र ‘बिगुल’ को शुभमुहूर्त गरिएको छ । अक्षय तृतीयाको शुभ अवसर पारी बुधबार कोटेश्वर महादेवस्थानमा यो चलचित्रको शुभुमुहूर्त गरिएको हो । रमेश कोइरालाको निर्देशनमा यही वैशाखको तेस्रो साताबाट छायांकनमा जान लागेको ‘बिगुल’को मुहूर्त सटमा अभिनेता नरेन खड्का र अभिनेत्री बेनिशा हमालले अभिनय गर्नुभएको थियो ।
समाजीक जागरण, समसामयिक राजनीति, आमनागरिकको कर्तव्य र जिम्मेवारी बोधका साथमा प्रचुर मनोरञ्जनले भरिने बताइएको ‘बिगुल’को मुहूर्त सटमा नेपाल सांस्कृतिक महासंघ बागमती प्रदेश संयोजक राजेन्द्र केसीले क्यामेरा स्विच अन गर्नुभएको थियो भने निर्देशक प्रदीप श्रेष्ठले क्ल्याप हान्नुभएको थियो । चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले निर्देशन गरेको मुहूर्तमा निर्देशक सुचित्रा श्रेष्ठले नरिवल फोड्नुभएको थियो ।
अभिनेता नरेनले समाज जागरणको बिगुल स्वरूपको संवाद बोल्नुभएको थियो भने संवादसँगै अभिनेत्री बेनीशाले स्वतन्त्रता र शान्तिको प्रतीक स्वरूप एक जोडी परेवा उडाउनुभएको थियो । दिनेश कोइरालाको कथामा मौनता श्रेष्ठको पटकथा, सम्वाद रहेको चलचित्रमा शिव ढकालको छायांकन रहनेछ ।
कल्पना पौडेलको प्रस्तुति रहेको चलचित्रको निर्मातामा महेश कोइराला र सूर्यकान्त कोइराला रहनुभएको छ । म्याग्नोलिया ग्रुपको ब्यानरमा रहेको चलचित्रमा नरेन र बेनीशाका साथमा नीर शाह, रमेश बुढाथोकी, गीता अधिकारी, हेमन्त बुढाथोकी, जेएन घिमिरे, सुमोद भारद्वाज, बिनयराज पौडेल, सुपा खनाल, बबि भारती, तुलसी लम्साल, जयन्त रेग्मी, विकास अधिकारीका साथमा बालकलाकार श्रेयान्सी थपलियाले अभिनय गर्दै हुनुहुन्छ ।
चलचित्रका गीतमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत छ । कविराज गहतराजको कोरियोग्राफी रहने चलचित्रको निर्माण व्यवस्थापकमा श्याम केसी हुनुहुन्छ । मुहूर्त समारोहमा नेपाल जेसिसका पूर्वअध्यक्ष फूलकुमार लालवानी, त्रिभुवन विश्वविद्यालयका पूर्वसहायक डिन विष्णुहरि कोइराला, नेपाल सरकारका पूर्वसहसचिव लक्ष्मी विलास कोइराला, चितवन–काठमाडौं सम्पर्क समाजका अध्यक्ष ऋषिश्वर थपलिया, निर्देशक ऋषि लामिछानेलगायत व्यक्तित्वको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच