
काठमाडौं । सर्वनाशको सांगीतिक नामले परिचित गायक तथा र्यापर सरोज मगरले नयाँ र्याप गीत ‘के भाको’ सार्वजनिक गर्नुभएको छ । जमलस्थित विश्वज्योति मलमा रहेको राजा लाउन्जमा मंगलवार बेलुकी एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।
‘सर्वनाश म्युजिक’मार्फत सार्वजनिक गरिएको गीतमा गायन र र्यापमा सर्वनाशलाई डी-चेनले साथ दिनुभएको छ । यसको संगीत भने कलज्ञ रकड्र्सले तयार पारेको हो । यसमा बाँसुरी विकेश लामाको सुन्न सकिन्छ । गीत सार्वजनिक गर्दै सर्वनाशले अडियो र भिडियोमा उत्तिकै मिहिनेत गरेको बताउनुभयो ।
गीतको भिडियोलाई जुमनले तपार पार्नुभएको हो । उहाँकै समूहले छायांकन, सम्पादन र निर्देशनसहित भिडियोका सम्पूर्ण काम गरेको हो । भिडियोमा मुना योञ्जन र कञ्चन श्रेष्ठ फिचरिङ हुनुहुन्छ । भिडियोलाई ट्रेक्स प्रोडक्सनले निर्माण गरेको हो ।
कार्यक्रममा चलचित्र पत्रकार संघका पूर्व उपाध्यक्ष कुवेर डंगोल, चलचित्र निर्माता तथा अभिनेता किरण नेपाली लगायत उपस्थित हुनुहुन्थ्यो ।सर्वनाशको यसअगाडि ‘आउँ बस’, ‘कान्छी नानी’, ‘जादुपन’, ‘जिन्दगीको यात्रा’, ‘हामी अल्लारे ठिटो’, ‘समय’, ‘सर्वनाशको सुरुआत’ लगायतका ¥याप गीत सार्वजनिक भइसकेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच