
काठमाडौं । साउन २३ गतेदेखि सिनेमाघरमा आउने मिति तय गरेकोे चलचित्र ‘मोहर’को फष्टलुक पोष्टर सार्वजनिक गरिएको छ । ओम प्रतीकको लेखन तथा निर्देशन रहेको चलचित्रको सार्वजनिक पोष्टरमा मुख्य अभिनेता पल शाह र अभिनेत्रीद्वय बेनिशा हमाल र नीति शाहलाई स्थान दिइएको छ । यस्तै, अर्का कलाकार अर्जुनजंग शाहीलाई पनि पोष्टरमा देख्न सकिन्छ । पोष्टरमा पल शाह केही रिसाएको अनुहारसहित कतै हेरेको देख्न सकिन्छ । बेनिशाको अनुहारमा डर भाव छ भने नीतिको हर्षित मुद्रा छ ।
चुम्बनजंग शाही निर्माता रहेको चलचित्रको पोष्टरमा यसको नाम र लोगोलाई ठूलो स्थान दिइएको छ । यो चलचित्रमा मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी र बाल-कलाकार सारा शर्माको पनि अभिनय छ । फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको चलचित्रमा दीपेन बस्न्यातको डीओपी, कुमार महर्जनको एक्सन, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द छ ।
गिरिराज घिमिरे मुख्य सहायक निर्देशक, कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन, लक्ष्मणराज पौडेल निर्माण नियन्त्रक रहेको यो चलचित्रको छायांकन दाङ, अर्घाखाँची, रोल्पा, प्युठान र काठमाडौंमा गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच