
काठमाडौं । चलचित्र ‘शिवांश’ को निर्माण औपचारिक रूपमा घोषणा गरिएको छ । निर्माणपक्षले बुधबार फष्टलुक सार्वजनिक गर्दै ‘शिवाशंः च्याप्टर १’ निर्माणको घोषणा गरेको हो । अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुने यो चलचित्रको निर्देशन सन्तोषकुमार आत्रेयले गर्नुहुनेछ । यो उहाँको डेब्यु निर्देशकीय चलचित्र हो । चलचित्रमा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा देखिनुहुनेछ भने विकास जोशी, विमला लिम्बु, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौलालगायत कलाकारहरूको पनि अभिनय रहने निमार्णपक्षले जनाएको छ ।
चलचित्रको कथा अञ्जान केसीले लेख्नुभएको हो जो यसका निर्माता पनि हुनुहुन्छ । सहनिर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहनुभएको छ भने पटकथा बारत लिम्बुले तयार पार्नुभएको छ । सार्वजनिक पोष्टरमा प्रमुख कलाकार प्रवीण खतिवडा फलामको साङ्लोले बाँधिएको अवस्थामा देखिनुभएको छ । पोष्टरमा एक व्यक्तिको अगाडि सिंगो गाउँमा आगो लागेको दृश्य देखिन्छ, जसले चलचित्र शक्ति संघर्षमा आधारित रहेको संकेत गर्दछ । तर, कथावस्तुबारे निर्माणपक्षले थप विवरण सार्वजनिक गरेको छैन । चलचित्रमा न्हृयू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत रहनेछ । गीत लेखनमा राजनराज शिवाकोटी र विप्लव प्रतीक हुनुहुन्छ । स्वर राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको रहने जनाइएको छ ।
चलचित्रमा मिलन श्रेष्ठको द्वन्द्व निर्देशन, विक्रम चोहानको नृत्य निर्देशन रहने छ । सिनेमाटोग्राफी सरद महतोको रहने चलचित्रको मुख्य सहायक निर्देशक बारत लिम्बुको हुनुहुन्छ भने स्क्रिप्ट डक्टरको रूपमा सुलक्षण भारती, कार्यकारी निर्माता शम्भु थापा रहनुभएको छ । विराज खड्का भिएफएक्स डाइरेक्टर तथा सुपरभाइजर रहेको चलचित्रमा आदेश सुब्बा भिएफएक्स प्रोड्युसरको भूमिकामा रहनेछन् । कष्ट्युम कमल मिश्रले तयार गर्नुहुनेछ भने मेकअप आर्टिष्ट (एमयूए) तुलसा लिम्बु रहने बताइएको छ ।
पोष्टर फोटोग्राफी युवाहाङ राईले गर्नुभएको हो भने आर्ट डिरेक्टर तथा प्रोडक्सन डिजाइनर प्रतीक चौधरी रहनुभएको । प्रोडक्सन म्यानेजरको रूपमा मिलन मानन्धर रहनुहुनेछ । यो चलचित्र असोज २४ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रको पोष्ट-प्रोडक्सन कार्य चलचित्र चौतारीले गर्नेछ भने वितरणको जिम्मा डिजिटल सिनेमा नेपाल (डीसीएन)ले लिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच