
काठमाडौं । यही वैशाख २६ गतेदेखि विश्वव्यापी रिलिजको तयारीमा रहेको हुनलागेको आर्टमान्डूको पहिलो चलचित्र ‘ऊनको स्वीटर’को प्रचारप्रसारको भिन्न शैलीस्वरुप सुजन चपागाईंको कन्सर्ट आयोजना गरिएको छ । सुजन चापागाईं एन्ड इन्फिनिटी टिमले मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानको आँगनमा आफ्नो प्रस्तुति दिएको थियो । सुजने ‘लजाएर एक्लै किन बसेकी मायालु’, पहिलो कोसेली पस्किनुभएको थियो । उहाँलाई प्रत्यक्ष सुन्न व्यग्र प्रतीक्षा गरिरहेकाहरूमाझ सुजनले त्यसपछि ‘गाला पुक्क’ सुनाउनुभयो । ‘तीनपाते’ गीत उहाँको पहिलो प्रोजेक्टमात्र थिएन । निर्देशक नवीन चौहान, गीतकार हर्क साउदसँगको सहकार्यको पहिलो कदम पनि थियो । त्यो पहिलो कदमलाई दर्शक÷श्रोताहरूले प्रेमिल अनुमोदन गरिदिएका थिए । त्यो कसिलो सहकार्यको सुरुवाती दिनको गीत गाउँदा संगीतप्रेमीहरू मन्त्रमुग्ध भए ।
सोही कार्यक्रममा चलचित्र ‘ऊनको स्वीटर’को ट्रेलर पनि प्रस्तुत गरिएको थियो । पाँचथरका दृश्यहरूमा कथालाई काव्यात्मक बुन्नुभएका निर्देशक नवीन चौहानले दर्शकहरूलाई न्यानो बाँड्ने हृदयदेखिकै धोको रहेको सुनाउनुभयो । सुजनले ‘ऊनको स्वीटर’सँगै बुनेको शीर्ष गीत सुनाउनुभयो–‘फूलहरू मुस्काउँछन् तिमीले देख्छौ र, पुतलीले गीत गाउँछन् तिमीले सुन्छौ र !’
सुजनले प्रेम जोडी विवेक पंगेनी र सिर्जना सुवेदीलाई ट्रिब्यूट दिँदै ‘एक्लै भएँ नि’ गाउनुभयो । योसँगै सुजनले ‘फूलथुंगे रानी’, ‘मखमली’ गाइसक्दा माहौल गुलजार देखिएको थियो । कार्यक्रममा चलचित्रको ‘काफ्ले’ गीत पनि गुञ्जिएको थियो । गीतमा चलचित्रकै कलाकार एलेक्स पारस, परीक्षा लिम्बुले नृत्य प्रस्तुत गर्नुभएको थियो । सुजनलाई गायनमा गायिका सलिना विकले साथ दिनुभएको थियो । सांगीतिक टिममा सुजनसँगै सञ्जीव बराइली, नकुल सिंह गुरुङ, प्रिन्स नेपाली, जगन्नाथ धौगोडा, दीपेन्द्र काफ्ले, सन्देश महर्जन रहनुभएको थियो ।
कार्यक्रममा उपसभामुख इन्दिरा रानामगरको साथमा सांसदहरू सुहान नेम्वाङ, अशोककुमार चौधरी, सोविता गौतमहरूसँगै विभिन्न अतिथिहरूको उपस्थिति थियो । चलचित्र ‘ऊनको स्वीटर’मा विपिन, मिरुना, एलेक्स, परीक्षा, सुरज, भावनासँगै विल्सनविक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायतका कलाकारको अभिनय छ । सुजन चापागाईं र झुमा लिम्बुको संगीत र नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रले सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध र नेपाली समाजका जीवन्त रंगहरूलाई एउटै कथामा गाँस्ने प्रयास गरेको छ ।
यस चलचित्रको ट्रेलर सार्वजनिक भएको छोटो समयमा नै युट्युबको सिनेमा सेक्सनको शीर्ष स्थानमा पुगेको छ । दर्शकको सकारात्मक प्रतिक्रियासहित ट्रेलरले चर्चा कमाइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच