
ललितपुर । साहित्यकार रीता महर्जनको लघुकथासंग्रह ‘त्वःफ्यूगु स्वापू’ लोकार्पण गरिएको छ । ललितपुरको कुमारीपाटीस्थित नेवा ल्वसामा एक विशेष समारोहबीच उक्त लघुकथाको लोकार्पण गरिएको हो । भाषासेवी नरेश महर्जनले संग्रहको लोकार्पण गर्नुभएको थियो ।
समारोहमा बोल्दै स्रष्टा महर्जनले आफ्नो कृतिप्रति पाएको प्रतिक्रियाप्रति आभार व्यक्त गर्दै भाषा र साहित्यको क्षेत्रमा निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कथाकार ध्रुव मधिकर्मीले लघुकथाको आफ्नै मौलिकता र विशेषता रहेको बताउँदै रीताका कतिपय लघुकथाले त्यसलाई सफलतापूर्वक आत्मसात गरेको बताउनुभयो । नेपालभाषा चिबाखं साहित्यका संयोजक नरेश अमात्यले सामाजिक सञ्जालमा स्रष्टाको सक्रियताले नेपालभाषा लघुकथाको क्षेत्रमा थप टेवा पुगेको सुनाउनुभयो ।
लुम्बिनी सम्यक फाउण्डेसनबाट प्रकाशित ‘त्वःफ्यूगु स्वापू’ मा ६३ वटा विविध विषयवस्तु समेटिएका लघुकथाहरू समावेश छन् । यो रीता महर्जनको चौथो कृति हो । यसअघि उहाँका ‘हामा’ उपन्यास, ‘ऋतु’ लघुकथासंग्रह, ‘तनावंगु किपा’ कवितासंग्रह र ‘भावनाया किच’ हाइकुसंग्रह प्रकाशित छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच