
काठमाडौं । आन्तरिक राजस्व विभागले करदाताहरूलाई कर तिर्न ताकेता गरेको छ । झण्डै एक लाखभन्दा बढी करदाताले कर तिर्न आलटाल गरेपछि आन्तरिक राजस्व विभागले कर विवरण नबुझाउने करदाताहरूको नाम सार्वजनिक गरेको छ । विभागले एक लाख दुई हजार दुई सय ३२ कम्पनीले कर दाखिला नगरेको भन्दै सूची सार्वजनिक गरेको हो । सूचीअनुसार सानादेखि ठूला करदातासम्मले कर बुझाएका छैनन् ।
आयकर, मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क विवरण नबुझाउने बढी रहेका छन् । भ्याट विवरण नबुझाउने करदातालाई भने विभागले तत्काल कारबाही अघि बढाउने जनाएको छ । मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १७ को उपदफा (८) मा लगातार छ महिनासम्म कर विवरण पेश नगर्ने करदाताको नाम सार्वजनिक गरी त्यस्ता करदाताको कर कट्टी गर्नुपर्ने रकम बाँकी भए रोक्का राख्न र निजको दर्तासमेत निलम्बन गर्न सकिने व्यवस्था छ ।
सोही व्यवस्थाअनुसार विभागले सूचना जारी भएको १५ दिनभित्र विवरण बुझाउन अल्टिमेटम दिएको छ । करदाताले आफ्नो व्यवसाय दर्ता रहेको आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा सम्पर्क राखी सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कर विवरण पेश गरी आफ्नो कारोबार नियमित गर्न विभागले आग्रह गरेको छ । अन्यथा मूल्य अभिवृद्धिकर ऐन, २०५२ को दफा १७ को उपदफा (८) बमोजिम दर्ता निलम्बन गरी मूल्य अभिवृद्धि करकट्टी रोक्का राख्ने विभागले चेतावनी दिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच