काठमाडौं । मेरो माइक्रो फाइनान्स लघुवित्तले फिल्डमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि र नेतृत्व विकासका लागि चितवनमा दुईदिने प्रशिक्षण तालिम सम्पन्न गरेको छ । तालिममा प्रदेश एक र दुईमा कार्यरत दुई सय आठ कर्मचारीको सहभागिता थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले प्रशिक्षण समापन समारोहमा बोल्दै कर्मचारीको सुझाव र गुनासो सुन्ने र व्यवस्थापन गर्न यस्तो तालिम सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । तालिममा अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकर सौनक भट्ट, लघुवित्त विज्ञ शिवहरि देवकोटा, श्रवणकुमार सपोर्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रकाश पोखरेल तथा संस्थाका तालिम विभाग प्रमुख उमेशमान डंगोलले सहजीकरण गर्नुभएको थियो ।
वैशाख महिनाभर कम्पनीका विभिन्न स्थानमा कर्मचारीलाई तालिम दिइनेछ । जसबाट संस्थागत दक्षता र फिल्डस्तरको सेवा प्रवाहमा गुणस्तरीय सुधार आउने अपेक्षा गरिएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र