
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र लुम्बिनी केबुलकार प्रालिबीच सहकार्य भएको छ । सहकार्यसँगै बीमित, अभिकर्ता तथा कर्मचारीले लुम्बिनी केबुलकारको टिकट खरिदमा २० प्रतिशत छुट पाउने भएका छन् ।
सम्झौताअनुसार बीमितले कम्पनीको मोबाइल एपमा रहेको बीमालेख देखाएर तथा अभिकर्ता र कर्मचारीले आधिकारिक परिचयपत्र प्रस्तुत गरेर छुट सुविधा प्राप्त गर्न सक्नेछन् । टिकट भने लुम्बिनी केबुलकारको काउन्टरमा नै खरिद गर्नुपर्नेछ ।
कम्पनीका अनुसार यसप्रकारको सहकार्यले ग्राहक, अभिकर्ता र कर्मचारीलाई थप सकारात्मक अनुभव र ऊर्जा दिने अपेक्षा गरिएको छ । भविष्यमा छुट सुविधा अझ प्रभावकारी र प्रविधिमैत्री बनाउन प्रिभिलेज कार्ड प्रणाली सुरु गर्ने लक्ष्य लिइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच