
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नयाँ बजाज पल्सर एन १६० र पल्सर एन १२५ नेपाली बजारमा सार्वजनिक गरेको छ । भृकुटीमण्डपमा जारी ग्राण्ड कार्निभलमा सार्वजनिक यी दुर्ई नयाँ मोडलले पावर, प्रविधि र डिजाइनको संयोजनमार्फत् बजाजप्रेमीलाई रोमाञ्चक राइडको अनुभव दिनेमा कम्पनी विश्वस्त रहेको छ ।
नयाँ बजाज पल्सर एन १६० मा १६४.८२ सिसीको सिंगल-सिलिन्डर, एयर-कुल्ड, एसओएचसी, २-भल्व इञ्जिन समावेश रहेको छ, जसले १६ पिएस(११.७ किलोवाट) ब्रेक हर्स पावर र १४.६५ एनएमको टर्क दिन्छ । पाँच गियरसम्मको गियरबक्स रहेको उक्त बाइकमा गियर परिवर्तन निकै सहज रहेको छ । जसमा डुअल-च्यानल एबिएस, ३७ मिमी अपसाइड डाउन फक्र्स, र नाइट्रोक्स मोनोशक सस्पेन्सन जस्ता उत्कृष्ट विशेषता समावेश छन् ।
त्यसैगरी पल्सर एन १२५ मा १२४.५८ सिसीको एयर-कुल्ड, सिंगल स्पार्क, २–भल्व इञ्जिन रहेको छ । जसले १२ पिएसको अधिकतम शक्ति र ११ एनएमको अधिकतम टर्क दिन्छ । जसमा ५-स्पिड ट्रान्समिसन र काउन्टर ब्यालेन्सर जस्ता विशेषता रहेका छन् । सो अवसरमा गोल्छा ग्रुपका मार्केटिङ हेड अमितराज चालिसेले भन्नुभयो, ‘नेपालमा नयाँ पल्सर एन १६० र एन १२५ सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुसी छौं । पल्सर ब्राण्ड सधैं पर्फमेन्स र इनोभेसनको प्रतीकका रूपमा चिनिन्छ । एन १६० ले पावर र डिजाइनअन्तर्गत बजारमा आफ्नो स्थान बनाउँछ भने एन १२५ ले इन्धन सक्षमता र सहज सवारी अनुभवको नयाँ परिभाषा दिनेछ ।’
पल्सर एन १२५ को ७९५ मिलिमिटर सिट उचाइ, १९८ मिलिमिटर ग्राउण्ड क्लियरेन्स र १२५ किलोग्राम केर्ब वजनले नेपाली सडकका लागि उत्तम बनाउने कम्पनीको दाबी छ । भृकुटीमण्डपमा आयोजित ग्राण्ड कार्निभलमा उल्लेखित मोडल खरिद गर्न तथा बजाजको नजिकको बजाज शोरुमबाट पनि किन्न सकिनेछ । साथै टेस्ट राइडको समेत व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच