
काठमाडौं । एनआइएमबी स्टक मार्केट्स लिमिटेडले आफ्नो नयाँ टे«ड म्यानेजमेन्ट सिस्टम(टिएमएस) सञ्चालनमा ल्याएको छ । सेयर कारोबार अझै सहज, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको आधुनिक प्रणाली अब प्रयोगकर्ताका लागि उपलब्ध भएको हो ।
नयाँ टिएमएस सुरुवातसँगै एनआइएमबी स्टक मार्केट्सले नेपालको पुँजी बजारमा डिजिटल प्रविधि प्रयोगमा महत्वपूर्ण कदम अघि बढाएको छ । उक्त प्रणालीअन्तर्गत लगानीकर्ताले अनलाइनमार्फत् सेयर खरिदबिक्री गर्दा वास्तविक समयमा अर्डर राख्न सकिने सुविधा तथा मोबाइल उपकरणमा पनि सजिलो पहुँच रहेको कम्पनीले जनाएको छ ।
एनआइएमबी स्टक मार्केट्स नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त स्टक ब्रोकर हो, जसले भरपर्दाे तथा प्रविधिमा आधारित कारोबार सेवा प्रदान गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच