
हेटौंडा । मोबाइल व्यवसायीको साझा संगठन नेपाल मोबाइल व्यवसायी महासंघको चौथो केन्द्रीय साधारणसभा हेटौंडामा हुने भएको छ । वैशाख २६ र २७ गते हेटौंडामा साधारणसभा हुने मंगलबार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ । व्यवसायीलाई २६ गते हेटौंडा आइपुग्ने गरेर निमन्त्रणा गरिएको र २६ गते देशभरबाट सहभागी व्यवसायीसँग साधारणसभाका विषयमा एजेण्डागत छलफल हुने साधारणसभा संयोजक तथा केन्द्रीय उपाध्यक्ष हेटौंडाका मोबाइल व्यवसायी छतेन्द्र आचार्यले बताउनुभयो । २७ गते साधारणसभा उद्घाटनपछि व्यवसायीका समस्या र मुद्दामा आगामी योजनामा व्यापक छलफल हुने उहाँको भनाइ छ ।
महासंघले पुराना मोबाइल खरिदबिक्री तथा मर्मतका समयमा प्रहरी प्रशासनबाट दुःख भोग्नुपरेको तथा मोबाइल लक/अनलकमा समेत बिनाकारण व्यवसायी फस्ने गरेको भन्दै झन्झटमुक्त वातावरण माग गरेको छ ।
महासंघ केन्द्रीय उपाध्यक्ष तथा पुराना फोन खरिदबिक्रीसम्बन्धी नीति निर्माण कार्यदल संयोजकसमेत रहनुभएका आचार्यका अनुसार प्रदेशको नेतृत्वमा रहेका मुख्यमन्त्री र ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई यसबारे ज्ञापनपत्र बुझाइसकिएको छ । ६० जिल्लाबाट करिब एक हजार व्यवसायी हेटौंडामा भेला हुने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच