
काठमाडौं । ब्रिटिस काउन्सिलले नेपालमा अन्तरदेशीय शिक्षा (ट्रान्सनेसनल एजुकेसन-टिएनई) को वर्तमान अवस्था र भविष्यका सम्भावनाबारे महत्वपूर्ण तथ्यहरू रहेको एक अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा विद्यार्थी र शैक्षिक संस्थालाई प्राप्त अवसर र उनीहरूले भोगेका चुनौतीबारेमा प्रकाश पारिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच प्रतिवेदन सार्वजनिक कार्यक्रममा नीति निर्माता, शैक्षिक संस्थाका प्रतिनिधि, शिक्षा क्षेत्रका सरोकारवाला, शिक्षक तथा अन्तर्राष्ट्रिय शिक्षा विज्ञबीच अन्तरदेशीय शिक्षा (टिएनईका विभिन्न पक्षबारेमा छलफल भएको थियो ।
नेपालका लागि बेलायती राजदूत रोब फेन, दक्षिण एसियाका क्षेत्रीय निर्देशक हेलेन सिल्भेस्टर, ब्रिटिस काउन्सिल नेपालका कन्ट्री निर्देशक रुस्तम मोदी र नेसनल इन्स्टियुट अफ रिसर्च एण्ड ट्रेनिङ प्रालिका प्रबन्ध निर्देशक श्रेया कार्कीलगायतले उक्त प्रतिवेदन सार्वजनिक गरेका थिए । सो अवसरमा ब्रिटिस काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले भन्नुभयो, ‘नेपालको उच्च शिक्षाको भविष्य निर्माणमा अन्तरदेशीय शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । यो प्रतिवेदनले नेपालमा अन्तरदेशीय शिक्षा विस्तार गर्दा प्राप्त हुने अवसर र आउने चुनौती दुवैमा प्रकाश पार्नुका साथै नेपाल र बेलायतबीच उच्च शिक्षा क्षेत्रमा सहकार्य सुदृढ गर्ने सम्भावना देखाएको छ । उच्च शिक्षामा पहुँच अभाव समाधान गर्न, आर्थिक वृद्धिमा योगदान दिन र नेपाली विद्यार्थीलाई गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्न अन्तरदेशीय शिक्षाले मद्दत गर्न सक्छ । हामी प्रतिवेदनका सिफारिस कार्यान्वयन गर्न एवं नेपालको उच्च शिक्षा क्षेत्रको निरन्तर विकासमा सहयोग गर्न हाम्रा साझेदारसँग मिलेर काम गर्न तत्पर छौं ।’
नेपालका लागि बेलायती राजदूत रोबफिनले भन्नुभयो, ‘यो नेपालमा अन्तरदेशीय शिक्षाको भविष्यका लागि एक महत्वपूर्ण क्षण हो । आज सार्वजनिक गरिएको अनुसन्धानले आगामी दिनमा प्राप्त हुने अवसर र आउने चुनौतीबारेमा स्पष्ट गरेको छ । बेलायत र नेपालको शैक्षिक सहकार्यले नेपाली युवाका लागि नयाँ अवसर सिर्जना गर्न सक्छ । नेपालमै विश्वस्तरीय शिक्षामा पहुँच विस्तार गर्न सक्छ । अनि नेपालमै ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्न सक्छ । बेलायत र नेपालले शिक्षाको क्षेत्रमा सहकार्य गरेर नेपाल मानव–प्रवर्तन, उत्कृष्टता र साझा सफलतालाई प्रवद्र्धन गर्न सक्छन् ।’ कार्यक्रममा ‘नेपालमा अन्तरदेशीय शिक्षाः अवसर र चुनौती’ विषयमा छलफल भएको थियो ।
लफलको सहजीकरण ब्रिटिस काउन्सिल नेपालकी देशीय परीक्षा निर्देशक प्रतिष्ठा थापा रायमाझीले गर्नुभएको थियो भने प्रमुख वक्ताहरूमा राष्ट्रिय अनुसन्धान तथा तालिम प्रतिष्ठान प्रालिकी प्रबन्ध निर्देशक श्रेया कार्की, विश्वविद्यालय अनुदान आयोगका अनुसन्धान तथा छात्रवृत्ति विभागका डा. नीरज धिताल र किंग्स कलेजका अध्यक्ष नरोत्तम अर्याल हुनुहुन्थ्यो । प्रतिवेदनमा शिक्षा मन्त्रालय र अनुदान आयोगलाई नियामक प्रक्रिया सरल बनाउन, प्रशासनिक झन्झट कम गर्न, नीति निर्माणमा सहयोग पु¥याउन पारदर्शी तथ्यांक व्यवस्थापन सुधार गर्न तथा गुणस्तरीयता प्रत्याभूत गर्ने संयन्त्र सुदृढ गरेर शैक्षिक गुणस्तर सुनिश्चित गर्न सुझाव दिइएको छ । त्यसैगरी नेपालको उच्च शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रिय रूपमा अझ प्रतिस्पर्धी र गतिशील बनाउन सहयोग पुर्याउन संस्थागत विविधिकरणसँगै अन्तर्राष्ट्रिय साझेदारी प्रवद्र्धन गर्न सुझाव दिइएको छ ।
त्यस्तै, अन्तरदेशीय शिक्षा सेवा प्रदायक र तिनका साझेदारलाई श्रम बजारको मागअनुसार पाठ्यक्रम अद्यावधिक गर्न, अन्तरदेशीय शिक्षामा आर्थिक रूपमा धान्न सक्ने विकल्प विकास गर्न, शिक्षा पहुँचमा रहेका असमानता हटाउन, अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न र स्थानीय सन्दर्भ तथा दीर्घकालीन शैक्षिक लक्ष्यअनुसार उत्तरदायी र दिगो शिक्षण मोडल विकास गर्न सिफारिस गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच