
आज वि.सं २०८२ वैशाख १८ गते, बिहीबार, ई.स. २०२५ मे १, तिथि- वैशाख शुक्लपक्ष चतुर्थी, मृगशिरा- नक्षत्र, अतिगण्ड- योग, वणिज- करण, चन्द्रराशि- वृष, सूर्योदय- ५ः२७, सूर्यास्त- १८ः३७ ।
मेष : परिवार र सम्पत्तिसम्बन्धी निर्णयहरूमा सफलता मिल्नेछ । वाणीमा माधुर्य, व्यापारमा लाभ र पारिवारिक स्नेहको समय हो । आर्थिक दृष्टिले दिन सामान्यतः सन्तोषजनक रहनेछ ।
वृष : मानसिक स्पष्टता, आत्मविश्वास र व्यवहारमा स्थिरता अनुभव हुनेछ । सौन्दर्य, डिजाइन वा सामग्रीमा रुचि राख्नेहरूका लागि विशेष उन्नतिको समय हो । यद्यपि, अत्यधिक सोच वा निरर्थक जिज्ञासाबाट जोगिनु श्रेयष्कर हुनेछ । आत्मबोध र आत्मनियन्त्रण आजको मूल मन्त्र हुनसक्छ ।
मिथुन : मानसिक थकान र वित्तीय असन्तुलनको संकेत देखिन्छ । खर्चमा संयमता र समय व्यवस्थापन आवश्यक हुनेछ । अनावश्यक यात्राबाट बच्नु उपयुक्त हुनेछ । गोपनीय कुराहरू सुरक्षित राख्नु श्रेयष्कर होला ।
कर्कट : इच्छाहरू पूरा गर्ने योग बनेको छ । साथीभाइ वा सञ्जालमार्फत सहयोग मिल्नेछ । नयाँ योजना सुरु गर्न उत्साह मिल्नेछ । आर्थिक लाभका पनि राम्रो संकेत छन् ।
सिंह : कार्यक्षेत्रमा सफलता र सम्मान मिल्नेछ । योजना र प्रस्तुतिकरणमा दक्षता देखिनेछ । उच्च अधिकारी वा प्रतिष्ठित व्यक्तिसँग लाभदायक भेटघाट सम्भव छ ।
कन्या : भाग्य सक्रिय गर्ने समय हो । उच्च शिक्षा, धर्म वा यात्रासँग सम्बन्धित कार्यमा सफलता मिल्नेछ । गुरु वा विद्वान् व्यक्तित्वबाट मार्गदर्शन प्राप्त हुनसक्छ ।
तुला : मनमा चिन्ता, भ्रम वा स्वास्थ्यसम्बन्धी अनावश्यक डर निम्त्याउन सक्छ । विशेष गरी गोप्य योजना वा मानसिक विषयहरूमा धैर्य आवश्यक हुनेछ । जोखिमपूर्ण निर्णय टार्न उचित हुनेछ ।
वृश्चिक : वैवाहिक वा साझेदारी सम्बन्धमा संवेदनशीलता देखिन सक्छ । प्रेम र संवादमा स्पष्टता आवश्यक हुनेछ । व्यवसायिक साझेदारीमा नयाँ अवसर आउन सक्छ ।
धनु : प्रतिस्पर्धा वा विवादमा विजय सम्भावना प्रबल छ । स्वास्थ्य सन्तुलन, ऋण व्यवस्थापन तथा शारीरिक सक्रियतामा फाइदा हुने दिन हो । न्यायिक वा प्रशासनिक मामिलामा सुधार देखिन्छ ।
मकर : प्रेम, सन्तान वा सिर्जनात्मक कार्यमा चासो बढाउनेछ । विद्यार्थी र कलाकारहरूका लागि समय अनुकूल देखिन्छ । भावनात्मक जीवनमा मिठास आउनेछ ।
कुम्भ : घरपरिवार र मातापिताको स्वास्थ्यतर्फ चासो बढ्नेछ । घरसम्बन्धी निर्णय आज स्थगित गर्नु उपयुक्त हुनसक्छ । मनमा अलिक अस्थिरता देखिन सक्छ ।
मीन : आत्मबल, वाणी र साहसमा वृद्धि हुनेछ । सञ्चार, लेखन वा यात्राको योजना सफल बन्न सक्छ । दाजुभाइसँग सम्बन्ध सुदृढ रहनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच