
काठमाडौं । आगामी वर्ष जापानको नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा क्रिकेट खेललाई समावेश गरिने भएको छ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) र आइची/नागोया एसियन गेम्स आयोजना समितिबीचको बैठकले क्रिकेट खेललाई समावेश गर्ने निर्णय गरेको हो । यसअघि चीनमा भएको १९औँ संस्करणमा पनि क्रिकेट खेल समावेश गरिएको थियो ।
एसियाड सन् २०२६ को सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म हुनेछ । टी-२० विधामा खेलाइने एसियाड क्रिकेटमा यसअघि पुरुषतर्फ १४ र महिलामा नौ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
क्रिकेटसँगै एसियाडमा ४१ वटा खेल समावेश गरिएको छ । जापानले तेस्रोपटक एसियाली खेलकुद आयोजना गर्न लागेको हो । यसअघि जापानले सन् १९५८ र सन् १९९४ मा प्रतियोगिता आयोजना गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच