
वाशिङ्गटन डिसी । लोकगीत, दोहोरी गीत क्षेत्रका अग्रज, लोकप्रिय गायक एवम् सुप्रसिद्ध कलाकार रामप्रसाद खनालको अर्को नयाँ सन्देशमूलक लोकगीत अमेरिकाबाट रिलिज भएको छ ।
पत्रकार समेत रहनुभएकाे खनालको नयाँ गीत "केही नगरी बस्यो भने " नेपालमा वैशाख १९ गते शुक्रवार बेलुकी ५ बजेदेखि र अमेरिकामा मे २ तारिख बिहान ७:१५ बजे (न्यूयोर्क समयअनुसार ) रिलिज भएको हो ।
१८ वर्षदेखि अमेरिका बस्दै आउनु भएका कलाकार खनाल यहाँ रहँदा पनि नेपालमा जत्तिकै सक्रिय हुनुहुन्छ । अरू परदेशमा रहेका समकालीन कलाकार भन्दा खनालकाे सक्रियता भिन्रै छ, उहाँलाइ गीत सङ्गीत, कलाकारिता र पत्रकारितामा निरन्तर सक्रिय रहनुभएकाे पाइन्छ ।
.....सुख छँदै छैन आमा मान्छे भएर जिउन यहाँ
झुट को जहर पिलाउँछन् पर्दैन नि पिउन यहाँ ।......
खनालको आफ्नै शब्द र स्वर रहेको यो नयाँ गीत " केही नगरी बस्यो भने " मा थानेश्वर गौतमको सङ्गीत र बीबी अनुरागीको सङ्गीत संयोजन रहेको छ ।
खनालले लोकगीत, दोहोरी गीत, आधुनिक गीत, सामाजिक गीत, सन्देश मूलक गीत, राष्ट्रिय गीत, भजनदेखि तीजका गी सम्म गाउनु भएकाे उहाँले तिहारको देउसी, भैलो लगायतका नेपालमा गाइने प्राय: सबै खाले गीत गाउनु भएकाे छ ।
प्रस्तुत गीतमा उहाँले अहिलेको समाजको चरित्रलाई विषयवस्तु बनाउनु भएकाे छ। गीतका हरेक शब्द अहिलेको समाजको प्रवृत्ति ऐनाका रूपमा प्रस्तुत भएकाे पाइन्छ । अति सरल र मर्म स्पर्षी गितमा समय सापेक्ष परिघटनासहितका शब्दहरूकाे लय पाइन्छ ।
गीतको म्युजिक भिडियोमा कलाकार खनालसँग नायिका रजनी केसी, निर्माता निर्देशक, सुप्रसिद्ध कलाकार निर्मल शर्मालाई पनि देखिन्छ ।
म्युजिक भिडियोलाई सुरेन्द्र बसेलले निर्देशन गर्नुभएकाे हाे । साे गीत रामप्रसाद खनाल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
खनालका हालसम्म एक हजार दुई सय भन्दा बढी लोकगीत, दोहोरी गीत, आधुनिक गीत, सामाजिक सन्देश मूलक गीत, राष्ट्रिय गीत, भजनदेखि तीजका गीत, देउसी भैलो गीत बजारमा आइसकेका छन् । उहाँले पचपन्न भन्दा बढी एल्बमहरू प्रकाशन गरिसक्नुभएकाे छ ।
अमेरिकामा विभिन्न व्यवसायमा संलग्न खनाल एक सफल व्यवसायीका रूपमा पनि परिचित हुनु भएकाे छ । उहाँ अमेरिकामा पनि नेपाली कला र संस्कृतिका धरोहरका रूपमा चिनिनु हुन्छ। उहाँ कलाकारहरूको अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय कलाकार मञ्चका संस्थापक र अध्यक्षसमेत हुनु हाे ।
चार दशक यता गीत सङ्गीत कलाकारिता र पत्रकारिताको क्षेत्रमा अत्यन्त सक्रिय खनाल राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय पुरस्कारहरू र सम्मानहरू प्राप्त गरिसक्नुभएकाे छ ।
(हेर्नुहोस् भिडियो)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच