भोजपुर । चर्च ब्वाइज आठौं अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड ललितपुरले भगवती स्पोर्टस क्लब खोटाङलाई १-० गोलले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।
प्रतिस्पर्धात्मक खेलमा चर्च ब्वाइजका समिर तामाङले गरेको एक गोल नै फाइनलका लागि निर्णायक बन्यो । भगवतीका तर्फबाट कुनै पनि गोल हुन सकेन । खेलको म्यान अफ द म्याच बन्नुभएका चर्च ब्वाइजका गोलकर्ता समिरले नगद पाँच हजार पाउनुभयो ।
उपाधिका लागि आज (शनिबार) फाइनल खेल सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) र चर्च ब्वाइज युनाइटेडका बीचमा हुने आयोजक भोजपुर जिल्ला फुटवल संघका उपाध्यक्ष भाष्कर तामाङले जानकारी दिनुभयो । जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक वर्ष हुँदै आएको प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउनेछन् । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएकोे आयोजक भोजपुर जिल्ला फुटबल संघका उपाध्यक्ष तामाङले जानकारी दिनुभयो । प्रतियोगिताका लागि भोजपुर नगरपालिकाले ३० लाख सहयोग गरेको छ ।
भोजपुर नगरपालिका-७ मा रहेको रंगशालामा शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा छिमेकी भारतको जर्जियन फुटबल क्लव, आयोजक भोजपुर जिल्ला फुटबल संघ, सलहेश फुटबल क्लव सिरहा, सशस्त्र प्रहरी बल नेपाल, भगवती स्पोर्टस क्लब खोटाङ, नवोबुद्ध फुटबल क्लब सप्तरी, चर्च ब्वाइज युनाइटेड काठमाडौं र एलएक्स सिटी मोरङ गरी आठ टिमले सहभागिता जनाएका थिए । गत वर्ष सञ्चालन भएको सातौं संस्करणमा चर्च व्वाइज युनाइटेड, काठमाडौंले त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटमा ४-२ गोलले पराजित गर्दै विजेता बनेको थियो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर