
काठमाडौं । ट्रायम्फ नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ‘एपिक राइडः इकोज अफ दि लस्ट किङ्डम’ सम्पन्न गरेको छ । अप्रिल २० देखि २७ सम्म आयोजित उक्त रोमाञ्चक यात्रामा ४० ट्रायम्फ राइडर सहभागी थिए । कम्पनीका अनुसार हजार किलोमिटरभन्दा बढीको दूरी पार गर्दै राइडरले ट्रायम्फको स्पिड ४०० र स्क्र्याम्बलर ४०० एक्समा नेपालका विविध भू-भागमा यात्रा गरे । जसले ट्रायम्फ मोटरसाइकलको कठिन र उबडखाबड बाटोमा पनि उत्कृष्ट प्रदर्शन क्षमता प्रमाणित गर्यो । राइडले नेपालको सांस्कृतिक सम्पदा प्रवद्र्धन, स्थानीय व्यवसायलाई टेवा र दुईपांग्रे पर्यटनको बढ्दो सम्भावना उजागर गर्यो ।
पहिलो दिन राइडको सुरुवात ट्रायम्फ नेपाल शोरुमबाट भयो । बाइकर्स क्याफेबाट राइडरहरू मुग्लिन र हेम्जा हुँदै कुश्मा पुगेका थिए भने दोस्रो दिन देउराली र टिटी ताल घुम्दै बेलुकाको बास बस्न मार्फा पुगेका थिए । तेस्रो दिन जोमसोमनजिकको धुम्बाताल, लुब्रापास र निलगिरि भ्यु पोइन्ट हुँदै मुक्तिनाथ मन्दिरसम्मको यात्रा सम्पन्न भएको थियो ।
आठौं दिनको यात्रा गल्छी, विदुर, शिवपुरी हुँदै बाइकर्स क्याफेमा पुगेर आठ दिनको यात्रा सम्पन्न भएको कम्पनीले जनाएको छ । ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले भन्नुभयो, ‘एपिक राइडः इकोज अफ दि लस्ट किङ्डम केवल एक मोटरसाइकल यात्रामात्र नभएर आजीवन बिर्सिनै नसकिने रोमाञ्चक यादहरू बने ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच