हेटौंडा । हेटौंडामा बाल संजालका किशोरकिशोरीहरुलाई तीनदिने रेडियो रिपोर्टिङ तालिम सम्पन्न भएको छ। बाल सञ्जाल प्रतिनिधिहरू सञ्चारमा सक्षम बनाउने उद्देश्यले ‘बालबालिका राष्ट्रिय गौरव हुन्’ भन्ने नाराका साथ तालिम भएको हो।
सिविन नेपाल मकवानपुरको आयोजनामा, साप्लानिरको सहयोग र रेडियो थाहा सञ्चार तथा मनहरी एफ।एम।को सहकार्यमा तीनदिने रेडियो रिपोर्टिङ तालिम सम्पन्न भएको थियो।
तालिममा विशेष गरि बाल सञ्जाल प्रतिनिधिहरूलाई लक्षित गर्दै सञ्चार माध्यमको सिद्धान्तदेखि व्यवहारिक अभ्याससम्म सशक्त ढंगले सञ्चालन गरिएको थियो।
तालिमको पहिलो दिन प्रशिक्षक ज्ञानेन्द्र तामाङले पत्रकारिता र बाल अधिकारको परिचय दिँदै सहभागीहरूलाई पत्रकारिताको परिभाषा, समाचार लेखनका आधार, बाल अधिकार, बालश्रम र बाल रेडियो कार्यक्रमका विविध पक्षहरूबारे जानकारी गराउनुभएको थियो। समाचार लेखनका मूलभूत तत्वहरूसँगै पत्रकारिताको छोटो इतिहास समेत प्रस्तुत गर्नुभएको थियो।
दोश्रो दिन स्क्रिप्ट लेखन, भाषण कला र कार्यक्रम निर्माण
प्रशिक्षक रुपक कालिराजले सार्वजनिक बोल्ने कला, स्क्रिप्ट लेखन, कार्यक्रम निर्माण र मास कम्युनिकेसनबारे व्यवहारिक प्रशिक्षण दिनुभएको थियो ।
त्यसपछि प्रशिक्षक छवि अन्त्यिले रेडियो स्क्रिप्ट निर्माण, स्क्रिप्ट वाचन, रेकर्डिङ प्रक्रिया र रेडियो कार्यक्रमका प्रकारहरूबारे प्रशिक्षण दिनुभएको थियो ।
तेस्रो दिन छवि अन्त्यिकै सहजीकरणमा बाल विषयमा रेडियो रिपोर्टिङ, अन्तरवार्ता लिनका सीप, जनआवाज संकलन विधि र बाल सवालका सिद्धान्तबारे व्यवहारिक अभ्यास गराउनुभएको थियो ।
बालसमुहमा रहेका मनहरी १० हेटौंडा १० सामाजिक परिचालक १० जना गरि ३० जनालाई तालिम प्रदान गरिएको थियो। तालिम लिएका मनहरी गाउँपालिका- ३ का दिपेस सिन्तान र हेटौंडा-११ बालसंजाल अध्यक्ष आचल सुवेदीले तालिम बारे प्रसंशा गर्दै सिविनलाई धन्यवाद दिएका थिए।
सिविन नेपाल मकवानपुरका प्रबन्धक झविन्द्र ज्ञवालीको सभाध्यक्षतामा भएको समापन कार्यक्रममा हेटौंडा १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने, मनहरी गाउँपालिका १ नम्बर वडाअध्यक्ष शिव खनाल,मनहरी एफ।एम।स्टेशन म्यानेजर शिव काशी रिजाल, नगर बाल संजाल अध्यक्ष स्मृति अधिकारी, हेटौंडा उपमहानगरपालिका बाल कल्याण अधिकारी बिना थिङलगायतको उपस्तिथि रहेको थियो।
बाल प्रतिनिधिहरूको रेडियो यात्राको प्रारम्भ
तालिम पश्चात चयनित बालप्रतिनिधीहरूलाई स्थानीय एफ।एम।हरूमा रेडियो रिपोर्टिङ र कार्यक्रम निर्माणमा प्रत्यक्ष सहभागिता जनाउने अवसर प्रदान गरिनेछ।उनीहरूले आफैंले तयार पारेका कार्यक्रमहरू प्रसारण गर्ने योजना अघि सारिएको समेत जानकारी दिइएको छ।








विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका
बर्दियामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको
नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन
चीनले इरानलाई सूचना दिएको खबर
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु