
धादिङ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ डुँडेठाँटीका ६० वर्षीय चूडामणि कँडेलको हत्या आरोपमा पक्राउ परेका तीनजनालाई धादिङ प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका– ९ का ३६ वर्षीय अक्कलबहादुर प्रजा, २५ वर्षीय पृथलाल थिङ र २७ वर्षीय सञ्चलाल मुक्तान रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।
कँडेलको २०८१ चैत २७ गते आफ्नै घरमा मृत अबस्थामा भेटिएको थियो । दुईतले घरको भुइँतलाको बाथरुमभित्र उनको शव भेटिएको थियो । घाँटीमा डोरी कसिएको अवस्थामा भुइँमै कँडेलको शव फेला परेपछि धादिङ प्रहरीले अनुसन्धान गरि तीनजनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।
उनीहरूले कँडेलकी श्रीमति सुस्मितालाई मार्न पटक–पटक प्रयास पनि गरेपनि उनीहरूको योजना सफल नभएपछि कँडेल रिसाएकाे र पछि उनीहरूले कँडेललाइ नै मार्ने याेजना बुनेकाे प्रहरी अनुसन्धानबाट खुलेकाे छ ।
प्रहरी नायब उपरीक्षक हमालका अनुसार श्रीमती मार्ने सुपारी लिएकाले काम गर्न नसकेपछि कँडेलले उनीहरूलाई छिटो काम गर्न दबाब दिएको र काम गर्न नसके चार लाख रुपैयाँ फिर्ता गर्नसमेत दबाब दिइएको पाइएको छ । धेरै नै दबाब दिएपछि सुपारी दिने कँडेललाई नै मार्ने योजना बनाएर उनको घरमा गएर हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।
प्रजालाई वैशाख ३ गते डुँडेठाँटीबाट, थिङ र मुक्तानलाई वैशाख १६ गते मनहरी गाउँपालिका– ७ बाट पक्राउ गरिएको हो । तीनैजनामाथि ज्यानसम्बन्धी कसुरमा धादिङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
'आफ्नै श्रीमती मार्न मृतक कँडेलले योजना बनाएर अक्कलबहादुर प्रजालाई चार लाख रुपैयाँ ‘सुपारी’ दिएका थिए । प्रजाले पृथलाल थिङ र सञ्चलाल मुक्तानलाई पनि साथ लिएको,’ प्रहरी नायब उपरीक्षक हमालको भनाइ छ ।
प्रहरीले मृतकको घाँटीमा कसेको डोरी, घटनामा प्रयोग भएको कोदालो, प्रजाको कोठाबाट कँडेलले दिएको एक लाख रुपैयाँ रकम, कँडेलले नै दिएको पैसाबाट किनेको एकै किसिमको कपडा, जुत्ता र कम्ब्याट हाफपाइन्ट, अभियुक्तहरूले मृतक कँडेलको फुटाएर फालेको फोन प्रहरीले बरामद गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच