हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–२ रीप गाउँका स्थानीयले जोखिम मोलेर खडिखेतको कर्णाली नदीको काठेपुल वारपार गर्दै आएका छन् । काठको कच्ची झोलुङ्गमा जोखिम मोलेर वारपार गर्दै आउनु परेको स्थानीयको गुनासो छ । रीप गाउँका स्थानीय पालिका केन्द्र सर्केगाड, सदरमुकाम सिमकोट र जिल्ला बाहिर जानु पर्दा पनि सोही काठेपुल तरेर जानु पर्ने बाध्यता रहेको स्थानीय दिलिप कार्कीले बताउनुभयो ।
आफुहरुले वारपार मात्रै नभएर गाउँमा हुने विभिन्न विकास निर्माणका सामग्री सिमेन्ट, सरीया, ग्यास सिलिण्डर, दैनिक उपभोग्यवस्तु लगायत सामाग्री पनि जिर्ण अवस्थामा रहेको काठको पुलबाट जोखिम मोलेर ल्याउन पर्ने अवस्था रहेको कार्कीको गुनासो छ ।
धेरै गरुङगो सामान समेत उक्त पुलबाट ल्याउन नसकिने भएको छ । भने खडिखेतमा रहेको काठको पुल जीर्ण हुँदा दुई तीन जना व्यक्तिलाई एकैपटक तर्न सक्ने अवस्था पनि छैन् । एक एक जना गर्दै उक्त पुल वारपार गर्नु पर्ने अवस्था रहेको छ । पालो कुर्दै पुल वारपार गर्ने गरेको पाइन्छ । उक्त पुल तर्न बालबालिका, वृद्धवृद्धा, बिरामी बढी मर्कामा परेका छन् ।
आधारभूत भौतिक पूर्वाधार निर्माणमा गाउँपालिकासहित वडा नं २ का जनप्रतिनिधिले ध्यान दिएर काम गर्न आवश्यक देखिएको अर्का स्थानीय श्री फडेराले बताउनुभयो । कम्तीमा गाउँपालिकाको केन्द्रसम्म सबैको पहुँच पुग्ने गरी संरचना निर्माण आवश्यक छ ।
रीप गाउँका स्थानीयले काठले निर्माण गरेको उक्त पुलको एक पट्टीको भाग समेत झुण्डिएको अवस्थामा रहेको उहाँले बताउनुभयो । वर्षा याममा पानीको वहाव बढ्दै जादा पुल समेत बगाउने गरेको छ ।
हिउँद याममा यहाँका स्थानीयले पानी कम हुँदा पुन निर्माण गरी वारपार गर्दै आउने गरेका छ । वर्षा याममा काठको पुल बगाएपछि तुइन तरेर वारपार गर्नु परेको फडेराले बताउनुभयो । खडिखेतमा झोलुङ्ग पुलको आवस्यक रहेको उहाँले बताउनुभयो ।








बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच