
हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडाबाट ३० किलो अवैध लागुऔषध गाँजासहित एकजना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका-८ खुरखुरे बस्ने वर्ष ३० कि लालमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार १० बजेको समयमा हेटौंडा-१० बसपार्कमा लागूऔषध गाँजा ओसारपसार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो ।
हेटौंडा बसपार्कबाट बिरगंजतर्फ जान रोकि राखेको बा.प्र.०३-०१ ज ९७४ नं. को इभि गाडीमा सवार भई आएकी तामाङलाई शंका लागेर निजको शरीर तथा झोला समेतको खानतलासी गर्दा गाडीको छतमाथी जेब्रा झोलाभित्र लुकाई छिपाई राखिएको तीन वटा पोकामा ३० किलो लागुऔषध गाँजा प्रहरीले फेला पारेको थियो ।
उक्त लागुऔषध बरामद गरी तामाङलाई नियन्त्रणमा लिई लागुऔषध कसुर मुद्धामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच