
वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अमेरिकी फिल्मनिर्माता र स्टुडियोहरूले विदेशमा काम गर्ने प्रवृत्तिले हलिउड ‘विनाश’ भइरहेको दाबी गर्दै संयुक्त राज्य अमेरिकाबाहिर बनेका सबै चलचित्रमा नयाँ कर लगाउने आदेश दिएको बताउनुभएको छ । ‘म वाणिज्य मन्त्रायल र संयुक्त राज्य व्यापार प्रतिनिधिलाई हाम्रो देशमा आउने विदेशी भूमिमा उत्पादित कुनै पनि चलचित्रमा एक सय प्रतिशत कर लगाउने प्रक्रिया तुरुन्त सुरु गर्न अधिकार दिँदैछु,’ उहाँले आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा लेख्नुभएको छ, ‘हामी चलचित्रहरू फेरि अमेरिकामै बनेको चाहन्छौं ।’
वाणिज्यमन्त्री हावर्ड लुटनिकले ट्रम्पको सन्देश पुनः पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी यसमा काम गरिरहेका छौं ।’ कर कसरी कार्यान्वयन गरिने भन्नेबारे कुनै विवरण दिइएको छैन । ‘अमेरिकाको चलचित्र उद्योग धेरै छिटो मर्न थालेको छ । अन्य देशले हाम्रा फिल्म निर्माता र स्टुडियोहरूलाई संयुक्त राज्य अमेरिकाबाट टाढा लैजान सबै प्रकारका प्रोत्साहनहरू दिइरहेका छन्,’ उत्पादन अन्य देशहरूमा आकर्षित हुनु ‘राष्ट्रिय सुरक्षा खतरा’ भएको दाबी गर्दै ट्रम्पले आइतबार लेख्नुभएको छ,’ हलिउड र संयुक्त राज्य अमेरिकाभित्रका अन्य धेरै क्षेत्र ध्वस्त भइरहेका छन् ।’ रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच