काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले सन् २०२५ का लागि एमडिआरटीयोग्य अभिकर्तालाई सम्मान गरेको छ । वित्तीय परामर्शदाताको अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल(एमडिआरटी) ले सन् २०२४ का लागि तोकेको व्यावसायिक लक्ष्य पूरा गरेर सन् २०२५ का लागि एमडिआरटीयोग्य भएका अभिकर्तालाई सम्मान गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा कम्पनीका सञ्चालक समिति अध्यक्ष दिपककुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठ, डेपुटी मार्केटिङ हेड विजय पराजुली, पेशागत अभिकर्ता संघ बीमक समितिका अध्यक्ष दामोदर लामिछानेले अभिकर्ताहरूलाई सम्मान गरेका थिए । व्यावसायिक लक्ष्य पूरा गर्न सफल अभिकर्तालाई डिजिटल बीमालेख प्रवद्र्धनमा प्रेरित गर्न एक एक थान स्मार्ट ट्याबसमेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच