काठमाडौं । बजाज नेपालले हिृवल अफ मेमोरी नामक फोटोग्राफी प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगिताले राइडरमात्र नभई नेपालको समृद्ध सांस्कृतिक पाटोलाई पनि सम्मान गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रतियोगितामा नेपालभरिका बजाज राइडरलाई १२ नेपाली महिनाहरू प्रतिनिधित्व गर्ने तस्वीरहरू सेयर गर्न आमन्त्रण गरिएको थियो ।
अभियानले उल्लेख्य सहभागितासँगै बजाज र ग्राहकबीचको बलियो सम्बन्धलाई नेपालका विभिन्न स्थान, समय र सन्दर्भअनुसार अझै आत्मीय रूपमा झल्काउने अवसर प्रदान गरेको छ । प्रतियोगितामा ७० भन्दा बढी सहभागीबाट सिर्जनात्मक, कलात्मक र भावनात्मक तस्वीरहरू प्राप्त भएका छन् । तीमध्ये बहुपक्षीय मूल्यांकनअनुरूप १२ जना विजेता छनोट गरिएको छ ।
सम्मान स्वरूप १२ फोटोग्राफीलाई आगामी बजाज नयाँ वर्ष २०८२ को आधिकारिक क्यालेण्डरमा विशेष स्थान दिइने कम्पनीको योजना छ । प्रत्येक विजेताले १० हजार रुपैयाँ बराबरको गिफ्ट हृयाम्पर पनि जित्नेछन् । विजेता तस्वीरहरू बजाज ग्राण्ड कार्निभल २०८२ मा प्रदर्शन गरिनेछ, जुन भृकुटीमण्डपमा भइरहेको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…